अप्रिलियाले सार्वजनिक ग-यो २०२१ जीपीआर२५०आर फुल्ली फेयर्ड बाइक, यस्तो छ विशेषता

अप्रिलियाले चीनको शिआन अटो एक्सपोमा २०२१ जीपीआर२५०आर बाइक सार्वजनिक गरेको छ । सो बाइकमा धेरै कस्मेटिक परिवर्तन र अपडेट गरिएको छ । सो बाइकले केटीएम आरसी ३९० र यामाहा वाइजेडएफ आर३ सुपरस्पोर्ट बाइकसँग कडा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको छ । सो बाइकमा आकर्षक लुक दिनको लागि प्यानलको साथमा शार्प बडी समावेश गरिएको छ ।

सो बाइकमा शार्प थ्री पीस ह्यान्डलको साथमा एयर इन्टेक र विंगलेट जस्ता प्यानल समावेश गरिएको छ । नयाँ फिचर टीएफटी डिस्प्लेको साथमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । सो बाइकमा २५० सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिनको प्रयोग गरिएको छ । जसले २७.५ बीएचपीको पावर र २१.५ एनएमको टर्क जेनेरेट गर्छ । साथै सो बाइकमा ६ स्पिड ट्रान्समिशन समावेश गरिएको छ ।

बाइकमा पेरिमिटर फ्रेमको साथमा १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । सस्पेन्शनको लागि बाइकमा अपसाइड डाउन फ्रन्ट फोर्क सस्पेन्शन र बाइकको पछाडि मोनोशक सस्पेन्शन समावेश गरिएको छ । सेफ्टीको लागि सो बाइकमा डुअल च्यानल एबीएस सेटअप समावेश गरिएको छ ।

चीनमा भर्खरै प्रदर्शन मात्र गरिएकाले यो बाइक अन्य देशमा छिट्टै नै उपलब्ध हुने सम्भावना छैन । नेपालमा समेत यो बाइक आउने सम्भावना तत्कालका लागि छैन ।

सम्बन्धित समाचारहरू

वुमन्स डे स्पेसल अफर : भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

वुमन्स डे स्पेसल अफर : भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

काठमाडौं – आगामी मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस अर्थात...

सबै मोडलमा २ हजार रुपैयाँले बढ्यो भेस्पा र अप्रिलिया स्कुटरको मूल्य (नयाँ मूल्य सूचीसहित)

सबै मोडलमा २ हजार रुपैयाँले बढ्यो भेस्पा र अप्रिलिया स्कुटरको मूल्य (नयाँ मूल्य सूचीसहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढेकोे...

अप्रिलियाले लन्च गर्यो २५० सिसीको म्याक्सी स्कुटर

अप्रिलियाले लन्च गर्यो २५० सिसीको म्याक्सी स्कुटर

इटालियन टु ह्विलर निर्माता अप्रिलियाले चीनीयाँ बजारमा २५० सीसीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...