बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल ल्यूव आयल लिमिटेडको ३६ वर्षको इतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित सो सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थितिबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जुम एपमार्फत १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशत सहभागी रहेको बताइएको छ । उपस्थित सहभागीहरु बीच दुरी कायम गरिनुका साथै अन्य स्वास्थ्य प्रोटोकल समेत पालना गरी आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।
सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौती रहेको यस विषम परिस्थितिमा कामदार, कर्मचारी एवं कम्पनीसँग आवद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ बिमा गर्ने घोषणा गरे । विभिन्न शेयरहोल्डर बक्ताहरुले समेत आशा नगरेको वक्त्व्य दिइरहेको अवस्थामा कम्पनीले १० प्रतिशत लाभांश दिनु सञ्चालक समितिले सदैव शेयरहोल्डरहरुको हालको पहिलो प्राथमिकता के हुन सक्छ भनि अध्ययन गरेर नै प्रदान गरिएको उनले बताए ।
त्यस्तै प्रस्तावित पूंजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयर धनीहरुले उठाएको माग बमोजिम एउटा कोष गठन गरी सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए ।
त्यस्तै उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन, छिटो छरितो शेवा, लाइभ अपडेट रिपोर्टिङ र उत्पादकत्व वृद्धि गर्ने अन्य विभिन्न योजनाहरु समेत उनले प्रस्तुत गरे ।
नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...