अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं – ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको बागमती गाउँपालिकास्थित तीनपाने, राडारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष रुद्र बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न बाइक कम्पनी र यससँग सम्बन्धित लुब्रिकेन्ट तथा पार्ट्स व्यवसायीहरुको समेत संलग्नता रहेको थियो । सो अवसरमा कम्पनीका प्रतिनिधिहरुले आफ्ना उत्पादनको स्टल समेत राखेका थिए । सो अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

२०७९ बैशाखमा सम्पन्न साधारण सभामार्फत रुद्र बहादुर खड्काको अध्यक्षतामा बनेको कार्यसमितिमा हाल उपाध्यक्ष राज बिक र भक्त माझी, सचिव कुमार बजगाई, उपसचिव रोहित खड्का, कोषाध्यक्ष अमर पोदार र सहकोषाध्यक्ष किसन श्रेष्ठ छन् ।

त्यसैगरी सदस्यहरुमा सञ्जय थापा, पदम बखाती, राजन देसार, नवीन मगर, मिताई कुमार दास र मिथलेस श्रेष्ठ छन् ।

अब सो कार्यसमितिमा केही परिमार्जन गरिने तयारी भएको निवर्तमान अध्यक्ष राजकुमार बिकेले बताए ।

सम्बन्धित समाचारहरू

मेकानिक्सका समस्या समाधानमा लाग्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता, अध्यक्षमा बुढाथोकी

मेकानिक्सका समस्या समाधानमा लाग्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता, अध्यक्षमा बुढाथोकी

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहरलाई सफा...

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारको सबैभन्दा लामो कार कति लामो होला ? अनुमान गर्न सक्नुहुन्छ ? हो, यो १००...

काठमाडौंमा पार्किङ : अन्डरग्राउन्ड कि बहुतले ?

काठमाडौंमा पार्किङ : अन्डरग्राउन्ड कि बहुतले ?

पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको समयमा काठमाडौंमा पार्किङको चर्चा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...