विद्युतीय गाडी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सको घोषणा, मूल्य १ करोड ९ लाख, रेन्ज ६२० किमी

काठमाडौँ - लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्रान्ड नेपाल‌ भित्र्याएको छ। जी मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काइवेल’ नेपाल ल्याएको हो।

स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। एक कार्यक्रम गरी जी मोटर्सले ‘स्काइवेल’ ब्रान्ड नेपाल भित्र्याएको औपचारिकरूपमै जानकारी गराएको हो। उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ भित्र्याएको हो।

स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ हुने कम्पनीले जनाएको छ ।

जी मोटर्सले ब्रान्डको औपचारिक रुपमा सार्वजनिक गरेसँगै स्काइवेलको प्रिमियम एसयूभी ईटी फाइभको बुकिङसमेत खुला गरेको छ। बुकिङ गरेका उपभोक्ताले स्काइवेलको ईटी फाइभ दसैँअघि नै डेलिभरी पाउने दाबी कम्पनीले गरेको छ।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । जी मोटर्सले स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ पर्ने बताएको छ।

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

स्काइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित एक्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। जी मोटर्सले स्काइवेल ब्रान्ड यही भदौ २६ गतेदेखि हुने नाडा अटो शो २०२३ मा समेत प्रदर्शनीका लागि राख्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै

फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै

चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...

महिन्द्राको नयाँ ईभीले ल्याएको तरंग र अबको ईभी प्रतिस्पर्धा, नेपालमा सम्भावना

महिन्द्राको नयाँ ईभीले ल्याएको तरंग र अबको ईभी प्रतिस्पर्धा, नेपालमा सम्भावना

भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...

दिपल एल ०७ को मूल्य ६९ लाख ९९ हजार, नेपालमा लन्चिङको प्रतीक्षा

दिपल एल ०७ को मूल्य ६९ लाख ९९ हजार, नेपालमा लन्चिङको प्रतीक्षा

काठमाडौं – नेपालमा चांगान अन्तर्गत दिपल ब्रान्डको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...