सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने
काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...
काठमाडौं – एम्पियर ग्रिभ्स इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक केडिया अर्गनाइजेसनले भ्यालेन्टाइन डे विशेष अफर ल्याएको छ ।
यो अफरमा जोडीहरूले आफ्नो संयुक्त उमेरको बराबरको छुट पाउनेछन्, जसको अधिकतम सीमा १ लाख ५० हजार रुपैयाँ सम्म हुनेछ । यो अफर विशेष रूपमा एम्पियर प्राइमस मोडलमा लागू हुनेछ र ग्राहकहरूले अफरको फाइदा लिनका लागि आधिकारिक एम्पियर शोरुममा उपस्थित हुनुपर्नेछ।
एम्पियर स्कुटरमा लिथियम फेरो फस्फेट ब्याट्री प्रविधि र मिड-माउन्ट मोटर रहेको छ, जसले उच्च कार्यक्षमताका साथ सुरक्षित र टिकाउ सेवा प्रदान गर्छ। यसका स्कुटरहरू प्रति चार्ज ८०–१०० किलोमिटरको दूरी तय गर्न सक्षम छन् र ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पनि उपलब्ध छ। एम्पियर स्कुटरको शुरुवाती मूल्य २ लाख ५० हजार रुपैयाँ देखि सुरु हुन्छ।
नेपाली बजारमा एम्पियरका म्याग्नस, प्राइमस र नेक्सस गरी तीन मोडल उपलब्ध छन् । विद्यार्थीे, कर्मचारी, गृहिणी वा विशेष आवश्यकताका सबै व्यक्तिहरुका लागि स्कुटर उपलब्ध छन् ।
हाल काठमाडौंको टेकु र भक्तपुरका साथै इटहरी, विर्तामोड, पोखरा, भैरहवा लगायतका स्थानमा एम्पियर इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

एम्पियर भारतको अग्रणी विद्युतीय सवारी ब्रान्ड हो, जुन ‘डिजाइन्ड इन इन्डिया । मेड इन इन्डिया’ नाराका साथ संचालनमा आएको छ । हालसम्म भारतमा ३ लाखभन्दा बढी ग्राहकहरूले एम्पियर स्कुटरको प्रयोग गरिसकेका छन्, जसले यसलाई भारतका शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्डमध्ये एक बनाएको छ।
१०९ वर्ष पुरानो समूह केडिया अर्गनाइजेसन निर्माण सामग्री, सिसा उत्पादन, वित्तीय संस्था, व्यापार र उत्पादन उद्योगमा व्यापक रूपमा संलग्न छ। यसका प्रमुख ब्रान्डहरूमा बृज सिमेन्ट, बृज एडिटिभ्स, श्री स्टिल्स र बृज हिमालयन स्प्रिङ वाटर आदि रहेका छन्।
काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...
चितवन । स्काइवेल विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्सले ’चितवन...
काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...