टोटल केयर एनुअल सर्भिस पार्टनर्स मिटका साथ आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा फोटोन नेपाल
चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क...
काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड एम्पियर अब एसटीसी अटो सोलुसनले बिक्री–वितरण गर्न थालेको छ । भारतमा १४ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गरेका एम्पियर ब्रान्डका स्कुटरको आधिकारीक रुपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसन प्रालिले ल्याएको हो ।
एसटीसी अटो सोलुसन प्रालि अब एम्पियरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको छ ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले बिगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्दै आएको र यो भारतमा टप ६ ब्रान्डको रूपमा आफ्नो बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो ।
एम्पियरका स्कुटरहरुमा लिथियम फेरो फोस्फेट अर्थात एलएफपी ब्याट्री प्रयोग भएका छन् । यी स्कुटरहरु अत्यन्तै चिसो अर्थात माइनस ४० डिग्री र तातो अर्थात ६० डिग्रीमा परीक्षण भएका छन् । एम्पियरमा प्रयोग भएका लिथियम फेरो फास्ट ब्याट्रीको लाइफ साइकल हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी रहने छ । एम्पियरका स्कुटरहरुमा मजबुत च्यासिस, ट्विन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन् ।

नेपाली बजारमा हाल दुई मोडल एम्पियनर म्याग्नस नियो र एम्पियर नेक्सस स्कुटर उपलब्ध भएका छन् ।
एम्पियर म्याग्नस नियोेमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यो स्कुटरमा २.३ किलोवाट ब्याट्री प्याक उपलब्ध रहेको छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ ।
यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स तथा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छ। यसको मूल्य ३ लाख रुपैयाँ कायम गरिएको छ।
नेक्ससमा ३.१८ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ उसलाई पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेट चार्ज गर्न सकिन्छ ।
मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्विल, डिस्क एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।
एसटीसी अटो सोलुसन प्रालि एसटीसी ग्रुप अन्तर्गतको कम्पनी हो । एसटीसी ग्रुप हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका सुरेश उप्रेतीको नेतृत्वमो संचालित ग्रुप हो । एसटीसी ग्रुपले पहिले देखि नै नेपाली बजारमा ईएनआई लुब्रिकेन्ट र सिएट टायरका साथै भेरोक, निप्पोन, रकम्यान, युक्याल, एएसके, एफसीसी, प्रिकोल, लुम्याक्स, केजी बेयरिङ, इन्डुरेन्स, हिटाची ब्याट्री, जिन्बेई, एसएफएन लगायत विभिन्न ब्रान्डका पार्ट्स र एसेसरिज समेत बिक्री–वितरण गरिरहेको छ ।
चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क...
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...
काठमाडौं–नेपालमा बिक्री हुँदै आएको जिली ईएक्स५ मा अव एप्पल कारप्ले र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...