निसानका ईभी र अन्य गाडी किन्नका लागि एभरेष्ट बैंकले कर्जा दिने
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प...
जापनिज अटोमोबाइल ब्रान्ड निसान निकै पुरानो विरासत वोकेको कम्पनी हो । यो ब्रान्ड अन्तर्गत हाल कार, ट्रक र बससहित कम्युनिकेसन स्याटेलाइट, आरामदायी बोट, मेसिनरी, इन्डस्ट्रियल एवं कमर्सियल भेइकल लगायत उत्पादन हुँदै आइरहेको छ ।
निसानले पहिलो पटक इलेक्ट्रिक कारमा निसान लिफलाई उतारेर मास मार्केटमा प्रवेश गरेको थियो । सन् २०१० मा सार्वजनिक गरिएको यो कार अहिलेपनि ईभी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोडलमा गनिन्छ । यो ब्रान्डको कार मोटर स्पोर्ट्समा समेत प्रयोग हुँदै आइरहको छ । मोटर स्पोर्ट्सका लागि कम्पनीको छुट्टै डिभिजन निसान मोटरस्पोर्ट्स (निस्मो) रहको छ । यो ब्रान्डको हेड क्वार्टर जापानको योकोहामा शहरमा रहेको छ ।
कहिलेबाट शुरु भयो निसानको यात्रा ?
निसानको इतिहास सन् १९१० बाट शुरु भएको कम्पनीको वेबसाइटमा उल्लेख छ । यो बीचमा कम्पनीले धेरैपटक नाम फेरिसकेको छ भने विभिन्न चरणमा मर्ज गर्दै हाल अन्तर्राष्ट्रिय ब्रान्डसँग एलायन्स बनाएको छ । यसका संस्थापक योशिसुके आइकावाले सुरुवातमा टोबाटा कास्टिङ कम्पनी स्थापना गरेका थिए ।
सन् १९११ मा जापानका अर्का उद्योगपति मसुजिरो हासिमोतोले क्वाइशिन्सा मोटर कार वर्क्स स्थापना गरेका थिए । सन् १९२५ सम्म पुग्दा यो विभिन्न नाम हुँदै डाट जिडोसा कम्पनीको रुपमा परिणत भयो । पछि सन् १९३१ मा यही कम्पनी टोबाट कास्टिङ कम्पनीको सम्बन्धन प्राप्त ग¥यो । सन् १९३३ मा आइपुग्दा यसको नाम जिडोशा–सिजो कम्पनी भयो र अन्त्यमा सन् १९३४ मा यसको नाम निसान बन्यो ।
पहिलो विश्वयुद्ध चर्किरहेको तत्कालीन समयममा कम्पनीले युद्धमा प्रयोग हुने ट्रक लगायत उत्पादन गरेको थियो । उक्त युद्धमा कम्पनीको अधिकांश प्लान्ट ध्वस्त भएपनि यसले सवारीसाधनको उत्पादनलाई भने निरन्तरता दिँदै आइरहेको थियो ।
पछि सन् १९५५ मा कम्पनीले आफ्ना प्लान्टहरुको विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश ग¥यो । सन् १९९० मा फ्रेन्च अटो निर्माता रेनोसँग साँठगाँठ गरेर आक्रामक बजार रणनीति अंगालेको थियो । यो ब्रान्डले सन् २००० देखि पर्फमेन्स भेइकल र इलेक्ट्रिक सवारीसाधनको क्षेत्रमा समेत आफ्नो कदम अगाडि बढाएको हो ।
कस्तो छ विश्व बजारमा उपस्थिति ?
सन् २०२१ मा कम्पनीले विश्वभर ३८ लाख ८० हजार कार बिक्री गरेको थियो । जापानमा यसको नोट, नोट आउरा, रुक्स र सेरेना लगायत गाडी सर्बाधिक विक्री हुने मोडलमा पर्छन् । यसैगरी अमेरिकामा रग, सेन्ट्रा र अल्टिमा बेस्ट सेलिङ मोडल हुन् । हाल चीनस्थित प्लान्टबाट सवैभन्दा बढी संख्यामा सवारीसाधन उत्पादन भैरहेको छ । सन् २०२० मा चीनको प्लान्टले मात्रै ११ लाख ४० हजार गाडी उत्पादन गरेको थियो । चीनपछि मेक्सिको र जापानमा निसानका गाडी धेरै संख्यामा उत्पादन हुन्छन् ।
निसानमा हाल १ लाख ५७ हजार भन्दा बढी कामदार कार्यरत छन् । कम्पनीको नर्थ अमेरिका, साउथ अमेरिका, युरोप, एसिया, ओसियाना, मिडल इस्ट र अफ्रिकामा उत्पादन युनिट रहेका छन् । टोयोटापछि दोस्रो ठूलो जापनिज ब्रान्ड निसानले अहिले रेनोको साथै मित्सुविसीसँग समेत एलायन्स बनाएर सवारी साधन उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । निसान र इन्फिनिटी ब्रान्डमा यसको ६० भन्दा बढी मोडलका कार उत्पादन भैरहेको छ ।
निसान नाम कसरी छनोट भयो ?
निहोन सांग्याको छोटकरी रुप नै निसान हो । निहोनको पहिलो अल्फाबेट एन र आई तथा सांग्योको अल्फाबेट एस, ए र एन मिलाएर निसान बनेको हो । सन् १९३३ मा निसान भन्दा पहिलेको कम्पनीको रुपमा टोक्यो स्टक एक्सचेन्जमा यसको प्रयोग गरिएको थियो । कम्पनीको लिडिङ इन्भेस्टरको रुपमा रहे पछि सन् १९३४ मा यसको नाम परिवर्तन गरी ‘निसान मोटर कम्पनी’ नाम राखिएको थियो । योशिसुके आइकावाले नै यो नाम राखेका थिए ।
निसानसँग सम्बन्धित अर्को ब्रान्ड ड्याट्सन नाम रहनुको पनि यस्तै रोचक इतिहास छ । पहिलो ड्याट कार सन् १९१४ मा उत्पादन भएको थियो । क्वाइसिन्सा कार कम्पनीमा लगानी गरेका तीन जना व्यक्तिहरु डेन, आयोमा र टाकेउचीको पहिलो अक्षरबाट ‘ड्याट’ नाम राखिएको थियो । उनीहरुको पुरा नाम थियो केन्जिरो डेन, रोकुरो आयोमा र अकेटारो टाकेउची । पहिले अंग्रेजी अल्फाबेट नाम राखिएकोमा सन् १९३४ मा निसानले ड्याटसनलाई आफ्नो बनाए पछि यसको नामको अल्फाबेट परिवर्तन गरी बनाइएको थियो । जापनिज भाषामा Son को अर्थ लस अर्थात घाटा हुने भएकाले यसको नाम Datsun राखिएको हो ।
नेपालको अवस्था के ?
यो ब्रान्ड नेपाल भित्रिएको ३ दशक भन्दा बढी समय भएको छ । लामो समयसम्म दुगड ग्रुपले आयात गरी कारोबार गर्दै आइरहेको निसानलाई हाल शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले बिक्री–वितरण गर्दै आएको छ । नेपालमा यसको पेट्रोल, किक्स र म्याग्नाइट मोडलका एसयूभी, लिफ ईभी, अर्वान भ्यान र नभारा पिकअप लगायत मोडल उपलब्ध छन् ।
यी मध्ये सवैभन्दा बढी चल्तीको मोडल सव कम्प्याक्ट एसयूभी म्याग्नाइट हो । सस्तो र सानो आकारको यो एसयूभीलाई ग्राहकले अत्याधिक मात्रामा रुचाएका छन् । निसानको नेपालमा आधा दर्जन वढी सेल्स र सर्भिस नेटवर्क विस्तार भएको छ ।
निसानकै अर्को ब्रान्ड ड्याटसनको पनि पायोनियर मोटोकर्पले नै कारोबार गरिरहेको छ ।
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प...
काठमाडौं – निसानले आज नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’...
काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्ष नपुग्दै १ हजार १११ युनिट निसान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...