पोखरामा हुने ‘वाडा अटो सो’को तयारी तिब्र, सबैै स्टल बुकिङ

पोखरा–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा पोखरामा हुने ‘वाडा अटो सो २०२५’को लागि सबै स्टल बुकिङ भएका छन् । अटो सोका संयोजक तथा वाडाका उपाध्यक्ष निरन केसीका अनुसार अटो सोमा राखिने सबै स्टलहरु मंगलबारसम्म बुकिङ भइसकेको छ ।

‘स्टल बुकिङमा उत्साहजन सहभागिता देखिएको छ,’ उनले भने, ‘अब हामी अटो सो सफल बनाउन प्रचार प्रसार तथा अन्य तयारीमा जुटेका छौं ।’

आगामी चैत्र १४ देखि १७ गतेसम्म पोखराको अमरसिंह चोकस्थित खुल्ला चौरमा अटो सो हुने अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए । यस अगाडि हुने भनिएको स्थानलाई परिवर्तन गरी अमरसिंह चौरमा अटो सो गर्न लागिएको हो ।

पोखराको मुख्य सेन्टर पर्ने र पोखरा तथा लेखनाथ लगायत आसपासका जिल्लाबाट समेत भिजिटर आउन सजिलो हुने भएकाले स्थान परिवर्तन गरिएको आयोजकको भनाइ छ ।

अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुले स्टल बुकिङ गरेका छन् । ‘हामीले अटो सोमा सबै प्रकारका सेगमेन्टलाई समेटेका छौं,’ अध्यक्ष कोइरालाले भने ।

वाडा अटो शोका लागि टिकट बुकिङ पनि खुल्ला भइसकेको छ । खल्ती वालेटबाट टिकट बुकिङ गर्न सकिने उनले जानकारी दिए । टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएको छ ।

आर्थिक गतिबिधी चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो शोले सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ ।

सम्बन्धित समाचारहरू

श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

पोखरा – पोखरा क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल...

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

काठमाडौं– स्पेयर पार्ट्स ब्यवसायमा संलग्न कम्पनी आरएसके ट्रेड कन्सर्नले...

नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता,  गरियो स्टलको छनोट र बाँडफाँट

नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता, गरियो स्टलको छनोट र बाँडफाँट

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...