दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे एक्सयुभी ७०० मा सवार चालक र यात्रु

भारतको राजस्थानमा निम्तिएको एक भयानक दुर्घटनामा महिन्द्रा एक्सयुभी ७०० मा सवार चालक र एक यात्रु सकुसल रहेको पाइएको छ । उक्त एसयुभीलाई पछाडीबाट ओभटेक गर्ने क्रममा एउटा हेभी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि गाडी पूर्ण रुपमा क्षतबिक्षत भएपनि चालक र यात्रु सकुसल रहन सफल भएका हुन् । मिडिया रिपोर्टका अनुसार उक्त दुर्घटनाको भिडियो एक्सयुभी ७०० कै ग्राहक प्रतिक मथुरले युट्युवमा सेयर गरेका हुन् ।

दुर्घटनामा परेको उक्त गाडीमा पूर्ण क्षती पुगेपनि चालक र यात्रु सकुशल नै रहनुको पछाडी यसमा दिइएको सेफ्टि फिचर्सले महत्वपूर्ण भुमिका खेलेको भन्दै अहिले एक्सयुभी ७०० को तारिफ भैरहेको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा एडल्ट बिधा अन्तर्गत ५ स्टार रेटिङ प्राप्त गरेको यो एसयुभीमा कम्पनीले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । त्यसैगरी ६ वटा एयर ब्याग र अन्थ थुप्र्रै एक्टिभ र प्यासिभ फिचर्स दिइएको यो एसयुभी एक सुरक्षित गाडी रहेको उक्त दुर्घटनाले थप प्रमाणित गरेको छ ।

दुर्घटनमा उक्त गाडीको अग्र भाग नराम्रोसंग क्षतबिक्षत भएको थियो भने बायाँ पट्टिको ए पिल्लर समेत बागिंएको थियो । साथै अगाडीको एक्सेलमा क्षती पुगेको र दुबै चक्का गाडीको बडी भित्र पसेको थियो ।

सम्बन्धित समाचारहरू

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको...

महिन्द्राको नयाँ इलेक्ट्रिक कार : सिंगल चार्जमा ४५६ किमी र टप स्पिड १६० किमी प्रतिघण्टा

महिन्द्राको नयाँ इलेक्ट्रिक कार : सिंगल चार्जमा ४५६ किमी र टप स्पिड १६० किमी प्रतिघण्टा

महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक...

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...