नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ एमजी कोमेट ईभी नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इन्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन भएको र यसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको कम्पनीको भनाइ छ ।

एमजीको बिको अर्थात भित्र फराकिलो, बाहिर कम्प्याक्ट डिजाइन दर्शनबाट प्रेरित कोमेट ईभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सामा पर्याप्त फराकिलो स्पेस छ। ५०ः५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।

एमजी कोमेट ईभी पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हालको नयाँ मोडलमा रियर पार्किङ क्यामेरा र सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि जस्ता फिचर थप गरिएको छ । नयाँ एमजी कोमेटको मूल्यमा भने कुनै वृद्धि गरिएको छैन । दुई भेरिएन्टमा उपलब्ध हुने एमजी कोमेटको मूल्य १९ लाख ९९ हजार र २२ लाख ७४ हजार रुपैयाँ छ ।

कोमेट ईभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेलसाथ आउने लिथियम आयोन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा एआरएआई प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आईपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।

सो ब्याट्रीलाई फास्ट चार्जिङमार्फत ३.५ घण्टामै शून्य देखि १०० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा पावर फोल्डेबल साइड मिरर छ भने स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन तथा सक्षम, भरपर्दो र यात्राको लागि तयार गरिएको कम्पनीको भनाइ छ । त्यसैगरी यसमा उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन पाइन्छ ।

कोमेट इभीमा १०.२५ इन्चको ड्युअल स्क्रिन अर्थात इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट कीको सुविधा समेत दिइएको यस ईभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

कोमेट ईभीमा सुरक्षाका लागि ड्युअल फ्रन्ट एयरब्याग, एबीएस र ईबीडी, अगाडिको र पछाडिको थ्री–पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, टीपीएमएस र आइसोफिक्स चाइल्ड सिट एंकर लगायतका सुविधा छन् । गाडीको स्ट्रक्चरमा १७ वटा हट–स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ।

सो ईभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर र हाई–भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।

एमजीले नेपालभर इभी पूर्वाधारको विस्तार गर्दै गएको बताएको छ । हाल काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगन्ज, नेपालगन्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा एमजीका सर्भिस सेन्टर उपलब्ध छन्। त्यसैगरी काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केवरमा चार्जिङ स्टेशन सञ्चालनमा छन्।

सम्बन्धित समाचारहरू

ईभी प्रबद्र्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

ईभी प्रबद्र्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौं–पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर...

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...