अलिशा राईको नयाँ रोजाइ: ओमोडा ई–फाइभ, गरियो गाडी डेलिभरी

काठमाडौँ – चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरिएन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन्। यो सँगै उनले विद्युतीय गाडीको यात्रामा पाइला चालेकी छिन्, त्यो पनि नेपाली बजारमै चर्चित ईभी मोडलमार्फत्।

‘लुट २’ (२०१७) मा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी अलिशा राई, राई भाषाको फिल्म बिनायोबाट पनि अत्यधिक रुचाइएकी छिन्। अब उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ रोजेकी छिन्, जुन शक्ति, स्टाइल र टिकाउपनको राम्रो संयोजन भएको गाडी भएको कम्पनीको भनाइ छ ।

ओमोडा ई–फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा गर्न सक्छ (डब्लुएलटीपी अनुसार), जसले शहर भित्रको यात्रा होस् वा लामो दूरी - दुबैका लागि भरपर्दो साथ दिन्छ । यो गाडी ० देखि १०० किमी प्रतिघण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमी प्रतिघण्टा छ, जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव दिन्छ।

नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले भनेको छ – आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषताहरू र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ, जसले अलिशा राईको जीवनशैलीसँग पूर्ण मेल खान्छ। उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीहरूमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।

सम्बन्धित समाचारहरू

चांगनको सस्तो कार लुमिन ईभी नाडामा

चांगनको सस्तो कार लुमिन ईभी नाडामा

काठमाडौं – चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले...

अथरले ६ दिनपछि ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने, रेन्ज १४६ किलोमिटर पुग्ने अनुमान

अथरले ६ दिनपछि ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने, रेन्ज १४६ किलोमिटर पुग्ने अनुमान

इलेक्ट्रिक टु ह्विलर निर्माता अथरले ६ दिनपछि आफ्नो फ्ल्यागसिप मोडल ४५०...

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...