सीट्रोन ईसी–३ ‘भ्यालु फर मनी’ गाडी हो : अजय श्रेष्ठ

सरकारले विद्युतीय गाडीमा लाग्ने कर घटाएसंगै नेपालमा विद्युतीय गाडी किन्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । अहिले बजारमा १५ लाखदेखि २ करोड ५० लाखसम्मका विद्युतीय गाडीहरु उपलब्ध छन् । यसै सन्दर्भमा श्री सिद्धी इन्टरप्राइजेज र जेएस युनिफर्मका सञ्चालक अजय श्रेष्ठले पनि भर्खरै सिट्रोनको ईसि–३ खरिद गरेका गरेका छन् ।

फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सो कारको भित्री र बाहिरी दुबै लुक्सले आफूलाई आकर्षित गरेका कारण ईसी–३ खरिद गरेको उनले बताए । ‘यो कार प्रिमियम देखिनुको साथै गाडीभित्र स्पेस पनि फराकिलो छ । साथै यसको ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो पाँए । मेरो आफ्नो बजेट अनुसारको प्रिमियम गाडी भएका कारण मैले ईसी–३ नै रोजेको हुँ’ उनले भने–‘यसको एसयुभी लुक्स र आरामदायी सिट तथा सुविधासम्पन्न इन्फोटेन्मेन्ट सिस्टमले पनि मलाई यो कारमा आकर्षित गरेको हो ।’

यो कार चलाउन धेरै स्मुथ रहेको र ह्यान्डलिङ पनि धेरै सजिलो र आरामदायक रहेको उनको भनाई छ । ‘अटोमेटिक भएकाले ड्राइभ गर्न पनि सिट्रोन इसि–३ निकै सहज छ । यसको पर्फमेन्स र टर्क जेनेरेसन पनि धेरै राम्रो छ । फ्रेन्च डीएनए भएको यो कारले आकर्षक बजेटमा विश्वासिलो र लक्जरी ड्राइभिङ अनुभव प्रदान गर्दछ । सिट्रोन ईसी–३ भ्यालु फर मनी गाडी हो’ उनले भने ।

कारको ड्राइभिङ र ह्यान्डलिङ धेरै सजिलो भएपनि रेन्ज भने कम्पनीले दावी गरेअनुसार नपाएको उनले गुनासो छ । श्रेष्ठका अनुसार यसले सिंगल चार्जमा २३० देखी २६० किलोमिटरसम्म दिँदै आएको छ । जसबाट आँफू सन्तुष्ट रहेको समेत उनले बताए ।

‘सिट बेल्ट नबाँधेसम्म र सबै ढोकाहरू राम्ररी बन्द नगरेसम्म यो गाडी अगाडी नै बढ्दैन । जुन सुरक्षाको हिसाबले एकदमै राम्रो हो । त्यस्तै यसको सिग्नल र वार्निङहरु पनि एकदम स्पष्ट छ’ उनले भने ।

यअसघि पेट्रोल गाडी चलाउँदै आएका उनले यो गाडी प्रयोग गर्न थालेपछि भने मर्मतसम्भार र संचालन खर्च पुरै बचत हुने गरेको बताए । ‘ईसी–३ प्रयोग गर्न थालेपछि मैले खर्चमा धेरै ठुलो भिन्नता पाएको छु । पेट्रोलको खर्च त यसै पनि बचत हुनै नै भइहाल्यो । यो कारमा लगभग ९ हजार किलोमिटर यात्रा गर्दा मर्मतमा अहिलेसम्म कुनै रकम खर्च गर्नुपरेको छैन’ उनले भने ।

ईसी–३ मा आफूले दैनिक १०० किलोमिटर हाराहारी यात्रा गर्ने गरेको उनको भनाई छ । यति यात्रा गर्दा पेट्रोल गाडीमा इन्धन बापतन ३० हजार हाराहारी खर्च हुने गरेकोमा अहिले गाडी चार्ज गर्न जम्मा मासिक ३ हजार हाराहारीमत्र खर्च हुने गरेको उनको अनुभव छ ।

सम्बन्धित समाचारहरू

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

सिट्रोनले आफ्नो लोकप्रिय एसयूभी मोडल सी५ एयरक्रसको नयाँ जेनेरेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...