सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र क्र्यास टेस्टमा फाइभ स्टार प्राप्त गरेको छ । एम९ को मुख्य प्रतिस्पर्धि लि अटो एल९ भन्दा यसको पर्फमेन्स सबैमा उच्च देखिएको छ । यस अनुसार चीनमा मूल्यांकन गरिएका सबै कार मध्ये एइटो एम९ सबैभन्दा सुरक्षित कार बनेको छ ।

चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरले सन् २००६ मा सी–एनक्याप सेफ्टी एन्ड क्र्यास पर्फमेन्स प्रोग्राम स्थापना गरेको थियो । पहिले यसको आलोचना हुने गरेको भए पनि यसलाई परिमार्जन गरिए पश्चात यो युरो एनक्याप सरह भएको बताइन्छ ।

गत मे २४ मा यसको परीक्षण गरिएको थियो । परीक्षणका लागि एम९ को बीईभी ट्रिम र्यान्डम रुपमा छनोट गरिएको थियो । कारले समग्रमा ९३.९ प्रतिशत पर्फमेन्स प्राप्त गरेको थियो, जुन औसत भन्दा ११.२ प्रतिशत बढी हो । यो लि अटो एल९ भन्दा २.६ प्रतिशत बढी हो ।

अकुपेन्ट प्रोटेक्सन सेगमेन्टमा एइटो एम९ ले ९६.९८, पेडेष्ट्रियन प्रोटेक्सनमा ७५.३८ र एक्टिभ सेफ्टी सेगमेन्टमा ९७.७९ प्रतिशत स्कोर हासिल गरेको थियो ।

एइटो एम९ चीनमा गत फेब्रुअरी देखि बिक्री प्रारम्भ भएको छ । विगत ५ महिनाको अवधिमा करिव ५९ हजार एइटो एम९ बिक्री भएका छन् ।

भर्सटाइल स्पेस, स्मार्ट ककपिट, एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र कटिङ–एज सेफ्टी फिचर उपलब्ध भएको सो गाडीमा हुवावेको हार्मोनी ओएस ४ सिस्टम प्रयोग गरिएको छ ।

ककपिटको इन्टेलिजेन्ट एक्सपेरियन्स गर्नका लागि यसमा भएका मल्टी स्क्रिन र मल्टी डिभाइसले धेरै सहयोग पु-याउछन्, जहाँ मल्टी युजरले यस्ता अनुभव एकै पटक गर्न सक्छन् । त्यसैगरी यसमा प्रयोग भएको हुवावे एडीएस २.० एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमले ड्राइभिङ एक्सपेरियन्स पनि उच्च स्तरको बनाउछ ।

सम्बन्धित समाचारहरू

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...

सेगवे नाइनबोटको ई–१०० इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ९१ हजार

सेगवे नाइनबोटको ई–१०० इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ९१ हजार

काठमाडौं – अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१००...

एक वर्षमा ८०० बढी दिपल नेपाली सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

एक वर्षमा ८०० बढी दिपल नेपाली सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

लन्चदेखि नेतृत्वसम्म : उल्लेखनीय उपलब्धि र महत्वपूर्ण कोशेढुंगाले भरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...