एइटोको नयाँ एसयूभी एइटो एम८ ईआरईभी अप्रिलमा लन्च हुँदै, प्रि-सेल अर्डर ७० हजार युनिट

चिनियाँ कार निर्माता कम्पनी एइटोले आफ्नो नयाँ एइटो एम८ ईआरईभी एसयूभी अप्रिलमा लन्च गर्ने तयारी गरेको छ । यद्यपि लन्चिङ अघि नै सो गाडीको प्रि-सेल अर्डर ७० हजार युनिट नाघिसकेको छ, जसको मूल्य ३ लाख ६८ हजार देखि ४ लाख ५८ हजार युआन सम्म रहेको छ ।

एइटो एम८ ईआरईभी एसयूभीको लोकप्रियता यसको प्रि-सेलबाट अनुमान गर्न सकिन्छ । विगतको तथ्याङ्क हेर्दा प्रि-सेल सुरु भएको एक घण्टा भित्र अर्डरको सङ्ख्या ७ हजार ५०० युनिट नाघेको थियो, त्यसपछि ६ घण्टा भित्र २१ हजार युनिट नाघेको थियो र १२ घण्टा भित्र २८ हजार युनिट पुगेको थियो ।

एइटो एम८ कम्पनीको चौथो मोडल हो । यसअघि कम्पनीले मिड साइजमा एम५, मिड टु लार्जमा एम७ र लार्ज एसयूभीमा एम९ पेश गरिसकेको छ । एइटो एम८ मिड टु लार्ज एसयूभीको रुपमा बजारमा आउनेछ । यसको लम्बाइ ५१९० एमएम, चौडाइ १९९९ एमएम, उचाइ १७९५ एमएम र ह्विलबेस ३१०५ रहेको छ ।

एइटो एम८ ईआरईभी एसयूभीमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ, जसले १५८ एचपीमा ११८ किलोवाट पावर जेनेरेट गर्छ । यसको फ्रन्ट इलेक्ट्रिक मोटरले २२१ एचपीमा १६५ किलोवाट र रियर इलेक्ट्रिक मोटरले ३०४ एचपीमा २२७ किलोवाट पावर जेनेरेट गर्छ । यसको अधिकतम गति २०० किलोमिटर प्रति घण्टा छ।

यसमा ५१.९७५ किलोवाटको लिथियम आइरन फस्फेट र ३६.०१९ किलोवाटको टर्नरी लिथियम ब्याट्री गरी दुई प्रकारको ब्याट्री रहेको छ, जसले क्रमशः ३१० किलोमिटर र २०१ किलोमिटर रेन्ज प्रदान गर्छ। यसले फुल चार्ज र फुल ट्याङकिमा १,५२६ किलोमिटर  रेन्ज प्रदान गर्छ ।

एइटो एम८ले आफ्नो ८००भी हाई-भोल्टेज चार्जिङ प्रविधि मार्फत ५ मिनेट चार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्न सक्छ।

सम्बन्धित समाचारहरू

ओला इलेक्ट्रिकले १० महिनामै उत्पादन ग-यो १ लाख इलेक्ट्रिक स्कुटर

ओला इलेक्ट्रिकले १० महिनामै उत्पादन ग-यो १ लाख इलेक्ट्रिक स्कुटर

ओला इलेक्ट्रिकले डिसेम्बर २०२१ देखि आफ्नो इलेक्ट्रिक स्कुटरको उत्पादन...

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७...

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...