इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्समा रहेको चाइनिज ईभी ब्रान्ड एइटो (AITO) ले सन् २०२४ को पहिलो तीन महिनामा उल्लेखनिय उपलब्धि हासिल गरेको छ ।
मार्च महिनामा एइटोका ३१ हजार ७२७ युनिट गाडी बिक्री भए । यो भन्दा पहिले जनवरीमा ३२ हजार ९७३ र फेब्रुअरीमा २१ हजार १४२ युनिट बिक्री भएका थिए । यस अनुसार तीन महिनामा समग्रमा ८५ हजार ८४२ युनिट गाडी बिक्री भएका छन् ।
मार्च महिनामा अघिल्लो महिनाको तुलनामा बढी सवारी साधन डेलिभरी भएका छन् । ती मध्ये एइटोको एम७ मोडल सबैभन्दा बढी अर्थात २४ हजार ५९८ युनिट बिक्री भएका छन् । त्यसैगरी गत वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा एकैपटक ८२४ प्रतिशत बढी यो ब्रान्डका सवारी साधन बिक्री भएका छन् । यो समग्र अटोमोटिभ ब्रान्डमै एक रेकर्ड हो ।
यस अनुसार चीनका ‘न्यु फोर्स’ अटोमोटिभ निर्माता कम्पनीहरुमा सबैभन्दा टपमा एइटो ब्रान्ड पर्न सफल भएको छ ।
हुवावे र सेरेस ब्रान्डले संयुक्त रुपमा एइटो ब्रान्ड सन् २०२१ डिसेम्बरमा स्थापना गरेका थिए । हाल एइटोले एम५, एम७ र एम९ मोडल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत रेन्ज एक्सटेन्डर हाइब्रिड र प्योर इलेक्ट्रिक भर्सनमा सवारी साधन उपलब्ध छन् ।
अटोमोटिभ इन्डष्ट्रीमा न्यु फोर्स भन्नाले परम्परागत कार निर्माता कम्पनी वाहेक नयाँ स्थापित कार निर्माता कम्पनी मानिन्छ । यद्यपि धेरै कार बिक्री गर्ने भएर पनि बीवाईडीलाई भने यो समूहमा राखिएको छैन ।
यस अनुसार चीनको न्यु फोर्स अटोमोटिभ ब्रान्डमा एइटोका साथै नियो, एक्सपेङ, लि अटो र लिप मोटर समेत पर्छन् । यी कम्पनीहरुले प्रत्येक महिनाको पहिलो दिन अघिल्लो महिनाको बिक्री तथ्यांक समेत सार्वजनिक गर्छन् ।
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...
काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...