टोयोटाका पार्ट्स आइसिनले उत्पादन गर्ने, नेपालमा श्री एसटीसी ग्रुपले बिक्री गर्ने

टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन नामक कम्पनीले गर्ने भएको छ । भारतमा जारी मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा आइसिनले छुट्टै स्टल राखेर यसको जानकारी प्रदान गरेको छ । सो अवसरमा आइसिनले लुब्रिकेन्ट लगायतका विभिन्न नयाँ उत्पादनको रेन्ज समेत सार्वजनिक गरेको छ ।

भारतमा आइसिनका क्लच, लुब्रिकेन्ट, ब्याट्री, फ्युल पम्प लगायतका विभिन्न पार्ट्स उत्पादन हुने र यहाँबाट भारत सहित नेपाल, श्रीलंका र बंगलादेशमा निर्यात गरिने कम्पनीको भनाइ छ । आइसिनले एएसकेसँगको ज्वाइन्ट भेन्चरमा यी पार्ट्स उत्पादन गर्नेछ ।

नेपालमा एएसकेका उत्पादन पहिले देखि नै श्री एसटीसी ग्रुप अन्तर्गतको कलस अटो इन्टरप्राइजेजले बिक्री वितरण गरिरहेको छ । यस अनुसार आइसिनका उत्पादन समेत कलसले नै बिक्री वितरण गर्नेछ ।

आगामी अप्रिल १ देखि यी उत्पादनको औपचारिक बिक्री वितरण भारतमा शुरु गरिने आइसिन एएसके इन्डिया प्रालिका जनरल म्यानेजर अभिजित डेले नेपाल अटोलाई बताए ।

लगभग त्यही समय देखि नेपालमा पनि यसको बिक्री वितरण शुरु गरिने कलस अटो इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर लक्ष्मी प्रसाद उप्रेतीले बताए ।

सम्बन्धित समाचारहरू

टु ह्विलरमा चिनियाँ पार्ट्स भित्र्याउँदै सत्यदिप, ब्याट्रीपछि भित्र्यायो एएक्सटीजी बेरिङ

टु ह्विलरमा चिनियाँ पार्ट्स भित्र्याउँदै सत्यदिप, ब्याट्रीपछि भित्र्यायो एएक्सटीजी बेरिङ

स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदिप इन्टरनेसनलले पछिल्लो समय...

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

काठमाडौं – विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री...

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...