नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने
काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...
टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन नामक कम्पनीले गर्ने भएको छ । भारतमा जारी मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा आइसिनले छुट्टै स्टल राखेर यसको जानकारी प्रदान गरेको छ । सो अवसरमा आइसिनले लुब्रिकेन्ट लगायतका विभिन्न नयाँ उत्पादनको रेन्ज समेत सार्वजनिक गरेको छ ।
भारतमा आइसिनका क्लच, लुब्रिकेन्ट, ब्याट्री, फ्युल पम्प लगायतका विभिन्न पार्ट्स उत्पादन हुने र यहाँबाट भारत सहित नेपाल, श्रीलंका र बंगलादेशमा निर्यात गरिने कम्पनीको भनाइ छ । आइसिनले एएसकेसँगको ज्वाइन्ट भेन्चरमा यी पार्ट्स उत्पादन गर्नेछ ।
नेपालमा एएसकेका उत्पादन पहिले देखि नै श्री एसटीसी ग्रुप अन्तर्गतको कलस अटो इन्टरप्राइजेजले बिक्री वितरण गरिरहेको छ । यस अनुसार आइसिनका उत्पादन समेत कलसले नै बिक्री वितरण गर्नेछ ।
आगामी अप्रिल १ देखि यी उत्पादनको औपचारिक बिक्री वितरण भारतमा शुरु गरिने आइसिन एएसके इन्डिया प्रालिका जनरल म्यानेजर अभिजित डेले नेपाल अटोलाई बताए ।
लगभग त्यही समय देखि नेपालमा पनि यसको बिक्री वितरण शुरु गरिने कलस अटो इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर लक्ष्मी प्रसाद उप्रेतीले बताए ।
काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...
काठमाडौं– बिश्व प्रख्यात स्पेयर पार्ट्स उत्पादक जेडएफका उत्पादनलाई...
ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...