६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा
काठमाडौं– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२...
दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सुरेश हमालका अनुसार प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा ४ वटा सिटमा सुत्न मिल्ने छ ।
बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ ।
दाङको तुलसीपुरबाट बेलुकी साढे पाँच बजे र काठमाडौंबाट पौने ६ बजे एयर सस्पेन्सन स्लिपर एसी बस छुट्ने छ । प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको बताएको छ ।
काठमाडौं– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२...
काठमाडौं – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...