पुरानो गाडीसंग एवोन वाई एक्सचेन्ज गर्दा ५ लाख अतिरिक्त मुल्यांकन पाइने, अन्य फाइदा पनि

काठमाडौं– जिएसी एवोनको आधिकारिक वितरक सिजी मोटर्सले विन्टर एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । थापथलीस्थित एवोनको शोरुममा संचालन हुँदै आएको उक्त क्याम्पमा कम्पनीले विभन्न स्किम उपलब्ध गराएको छ । पुष १ देखी सुरु भएको क्याम्प १५ गतेसम्म संचालन हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले आँफुसंग भएको पुरानो गाडी दिएर एवोनको ब्रान्ड न्यु ईभी एक्सचेन्ज गर्दा ५ लाख रुपैयाँ अतिरिक्त मुल्यांकन पाउनेछन् । साथै, १ वर्षको इन्स्युरेन्स र १ आर्थिक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउनेछन् । अन–दि–स्पट भ्यालुएसन, इन्स्ट्यान्ट फाइनान्स र डेलिभरीको समेत व्यवस्था मिलाइएको सिजी मोटर्सले जनाएको छ ।

यस्तो छ कार
एवोन वाईमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ ।

एवोन–वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ । एवोन वाईको मुल्य नेपाली बजारमा ५८ लाख ५० हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी बनिन् आईकार भी२३ को पहिलो ग्राहक

चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी बनिन् आईकार भी२३ को पहिलो ग्राहक

काठमाडौं–एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल...

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने कर्जाको सिमा बढ्यो

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने कर्जाको सिमा बढ्यो

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने...

पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार नेटा जीटी सार्वजनिक, ६६० किमी सम्म रेन्ज

पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार नेटा जीटी सार्वजनिक, ६६० किमी सम्म रेन्ज

चाइनिज ईभी ब्रान्ड होजोन अटोको स्वामित्वमा रहेको नेटा अटोले पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...