१ लाख ७४ हजारमा आइमा टाइगर एस५ इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा हालै चिनियाँ नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर भित्रिएका छन् । यी स्कुटर मध्ये आइमाको टाइगर एस५ एक हो ।

नेपाली बजारमा उपलब्ध आइमाको सबैभन्दा कम मूल्यको मोडल टाइगर एस५ हो । टाइगर एस५ स्पोर्टी डिजाइनमा उपलब्ध स्कुटर हो । १ हजार २ सय वाटको बोस मोटर र दुवै पांग्रामा डिस्क ब्रेक भएको सो स्कुटरमा ७२ भोल्ट २० एएचको लिड एसिड ब्याट्री छ । यसको टप स्पिड ५५ किलोमिटर छ । ७ घण्टा सम्मको चार्जमा फुल चार्ज हुने सो स्कुटरको रेन्ज ७० किलोमिटर छ । यसको मूल्य १ लाख ८४ हजार रुपैयाँ छ ।

दैनिक जीवनका लागि सहज हुने गरी सो स्कुटर डिजाइन गरिएको छ । यसमा डिस्क ब्रेक, फोल्डिङ हुक, स्पेसियस स्टोरेज, स्मार्ट एलईडी इन्स्ट्रयुमेन्ट, एलईडी टेललाइट आदि विशेषता उपलब्ध छन् ।

१६० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको यो स्कुटरमा मोडर्न स्टाइलिस सेन्स अफ टेक्नोलोजी र आईपी६७ मोडर्न वाटर एन्ड डस्ट प्रोटेक्सन सिस्टम छ । यसको आई क्याचिङ र फेसनेबल डिजाइन तथा ट्युबलेस टायर आदि विशेषता उपलब्ध छन् ।

नेपाली बजारमा यसको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिले १० हजार रुपैयाँ छुटका साथ स्कुटर बिक्री-वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...