चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं – चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको त्रिपुरेश्वरमा पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आइमाको आधिकारिक वितरकको रुपमा हिमाल ईभी मोटर्स प्रालिले उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

एक समारोहका बीच प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उक्त शोरुम उद्घाटन गरे । सो अवसरमा मन्त्री श्रेष्ठले अबको बजार इलेक्ट्रिक सवारीको भएको बताउदै सशक्त विशेषता र उपयुक्त डिजाइन भएकोले सो स्कुटर नेपाली बजारका लागि राम्रो हुने धारणा व्यक्त गरे ।

हिमाल ईभी मोटर्सका सञ्चालक तथा आईटी इन्जिनियर गौरव गौरव बजाजले विद्युतीय स्कुटरमा प्रिमियम ब्रान्ड भित्र्याउन आफूहरु सफल भएको बताए । उनले नेपालभर सो स्कुटर बिक्री–वितरण गर्ने र आगामी दिनमा एसेम्बल प्लान्ट समेत स्थापना गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीले नेपाली बजारमा ४ वटा मोडल उपलब्ध गराएको छ । यी मध्ये एक्स६१२ ईईसीको मूल्य ५ लाख १५ हजार, एक्स६११ ईईसीको मूल्य ४ लाख ५८ हजार, टाइगर एस५ को मूल्य १ लाख ८४ हजार र माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत...

दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट, २५ प्रतिशत विशेष छुट

दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट, २५ प्रतिशत विशेष छुट

काठमाडौं–दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले...

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...