आइमाका चार इलेक्ट्रिक स्कुटर नेपालमा : यस्तो छ सबै मोडलको फिचर र मूल्य

काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर भित्रिएका छन् । हिमाल ईभी मोटर्स प्रालिले हाल चार वटा मोडल सार्वजनिक गरेको छ ।

नेपाली बजारमा उपलब्ध आइमाको सबैभन्दा कम मूल्यको मोडल टाइगर एस५ हो । टाइगर एस५ स्पोर्टी डिजाइनमा उपलब्ध स्कुटर हो । १ हजार २ सय वाटको बोस मोटर र दुवै पांग्रामा डिस्क ब्रेक भएको सो स्कुटरमा ७२ भोल्ट २० एएचको लिड एसिड ब्याट्री छ । यसको टप स्पिड ५५ किलोमिटर छ । ७ घण्टा सम्मको चार्जमा फुल चार्ज हुने सो स्कुटरको रेन्ज ७० किलोमिटर छ । यसको मूल्य १ लाख ८२ हजार रुपैयाँ छ ।

सबै एलईडी लाइट भएको सो स्कुटरमा एन्टी थेफ्ट सिस्टम छ । चाबीबाटै स्कुटर अन गर्ने र डिक्की खोल्ने आदि कार्य गर्न सकिन्छ भने स्ट्यान्ड लगाएको समयमा यसलाई अन गर्न सकिदैन ।

माइन प्लसमा ६० भोल्ट २८ एएचको लिथियम आयोन ब्याट्री छ । यसले पनि सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिन्छ । डबल ब्याट्री भएको सो स्कुटरको ब्याट्री निकालेर पनि चार्ज गर्न सकिन्छ । रिभर्स गियर भएको सो स्कुटरको स्प्डि ५५ किलोमिटर छ । यसको मूल्य २ लाख ७४ हजार रुपैयाँ छ । यो युरोपेली बजारमा धेरै बिक्री हुने मोडल हो ।

एक्स६११ मा २००० वाटको मोटर र ६० भोल्ट ३५ एएचको लिथियम आयोन ब्याट्री छ । यसको मूल्य ४ लाख ५८ हजार रुपैयाँ छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । यसमा डबल ब्याट्री भएकाले १८० किलोमिटर सम्म रेन्ज हुन्छ ।

एक्स६१२ हाई स्पिडमा चलाउन मिल्ने भएकाले क्रुज समेत भनिन्छ । यसमा ३ हजार वाटको मोटर र ६० भोल्ट ३५ एएचको ब्याट्री छ । हेल्मेट अड्ने अन्डर सिट स्टोरेज र क्यारियर समेत भएको सो स्कुटरले सिंगल चार्जमा १८० किलामिटर चलाउन सकिन्छ भने स्पिड ९० किलोमिटर प्रतिघण्टा सम्म छ । ब्लुटुथ र स्पिकर समेत उपलब्ध सो स्कुटरमा म्युजिक सुन्दै चलाउन सकिन्छ । यसको मूल्य ५ लाख १५ हजार रुपैयाँ छ ।

४० लाख युनिट पहिले नै उत्पादन भएर बजारमा बिक्री भइसकेको छ । अनुसन्धान र विकास (आर एन्ड डी) मा धेरै खर्च गर्ने भएकाले यी स्कुटरको मूल्य पनि बढी हुने गरेको कम्पनीको भनाइ छ ।

हाइड्रो र अन्य विभिन्न व्यवसायमा संलग्न ग्रुपको सहभागितामा स्थापित हिमाल ईभी मोटर्स प्रालिमा युवा इन्जिनियर गौरव बजाज सीईओको रुपमा कार्यरत छन् । भारतमा अध्ययन गरेका उनी यही क्षेत्रको बजार भविष्य देखेर लागेका छन् । विगत दुई वर्ष देखि नै यो ब्रान्ड नेपालमा भित्र्याउन लागिरहेको र बल्ल अहिले सफल भएको उनको भनाइ छ । यो ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउन उनीहरुले खासै चासो नगर्ने र ब्रान्ड पाउनु नै एक सफलता भएको उनको भनाइ छ ।

हाल त्रिपुरेश्वरस्थित शोरुम स्थापना गरेको हिमाल ईभी मोटर्सले आगामी दिनमा अन्य स्थानमा समेत शोरुम स्थापना गर्ने र बिक्री पछिको सेवाका लागि समेत सर्भिस सेन्टर तथा अन्य व्यवस्था गर्दै जाने बताएको छ ।

सम्बन्धित समाचारहरू

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवन – डोङफेङ इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक वितरक...

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...

विद्युतीय सवारीमा आगलागीको जोखिम कति ? विश्वव्यापी अनुसन्धानले तोड्यो प्रचलित भ्रम

विद्युतीय सवारीमा आगलागीको जोखिम कति ? विश्वव्यापी अनुसन्धानले तोड्यो प्रचलित भ्रम

विद्युतीय सवारी साधनको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। तर गर्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...