कारमा अब आर्टिफिसियल इन्टेलिजेन्स : यसकारण छ विशेष

कार निर्माताहरू लगातार आफ्नो मोडललाई थप आधुनिक बनाउन काम गरिरहेका छन् । कारलाई आधुनिकीकरण गर्ने नयाँ प्रविधिको रुपमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई प्रयोग हुन थालेको छ । यो प्रविधि विकास गर्न निरन्तर काम भइरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको उद्देश्य कारमा यात्रु र चालकलाई झन्झटमुक्त अनुभव गराउनु हो । कार भित्र गर्मी अनुभव भएमा कारको एसी कुलिङ स्वतः बढ्नु, गाडी स्टार्ट गर्दा साइड भ्यु मिरर आफै खुल्नु आदि जस्ता काम कारको एआईको मद्दतले गरिन्छ । यसलाई नै आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ ।

एआईको उद्देश्य कारमा यात्रा गर्दा यात्रालाई सजिलो र सुरक्षित बनाउनु हो । उदाहरणका लागि, कारमा स्वचालित गति घटाउने, सिट समायोजन, हेडलाइटको प्रकाश, टायरमा कम हावाको चापको बारेमा जानकारी दिने, सिट बेल्ट अलर्ट, ढोका खोल्ने अलर्ट आदि कामहरू एआईको सहयोगमा गरिन्छ ।

इलेक्ट्रिक कारमा विशेषगरी एआईको धेरै प्रयोग गरिन्छ । ईभीको प्रत्येक कम्पोनेन्टले कारको स्थिति र परिवेशबाट डाटा सङ्कलन गर्छ । सो डाटा अन–बोर्ड माइक्रोप्रोसेसरमा उत्पन्न हुन्छ, जसले मेकानिकल भागहरू नियन्त्रण गर्छ ।

इलेक्ट्रिक कारको ब्याट्री प्याकमा बीएमएस हुन्छ, जसले प्याकमा प्रत्येक सेलको स्थिति, भोल्टेज र करेन्ट, रिचार्ज स्थिति, ब्याट्रीको अवस्था र वरपरको वातावरणको बारेमा निरन्तर डाटा दिन्छ । यही डाटामार्फत एआईआई उत्कृष्ट बनाउन प्रयोग गरिन्छ ।

सम्बन्धित समाचारहरू

५ महिनामा भित्रिए ३ हजार ८ सय ईभी, पेट्रोलियम गाडी करिव ३ हजार २ सय

५ महिनामा भित्रिए ३ हजार ८ सय ईभी, पेट्रोलियम गाडी करिव ३ हजार २ सय

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट...

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको...

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...