अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौँ – अग्नी समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा कम्पनीले बुढानीलकण्ठ र काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु-याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन् ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु-याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’

त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भने, ‘यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु-याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले उक्त संस्थाका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ

अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ ।

अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले...

नयाँ फिचरसहित महिन्द्रा थार रोक्स अगस्ट १५ मा लन्च हुने

नयाँ फिचरसहित महिन्द्रा थार रोक्स अगस्ट १५ मा लन्च हुने

महिन्द्राले महिन्द्रा थार रोक्सलाई नयाँ एसयूभीको रूपमा चाँडै लन्च गर्ने...

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...