अग्नि समूहको नेपालमा ३० बर्ष पुरा, उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान

महिन्द्रा गाडीको नेपालका लागी आधिकारिक बितरकका रुपमा कार्य गर्दै आइरहेको अग्नी समुह ३१ औं वर्षमा प्रबेश गरेको छ । ३० वर्ष पूरा भएको अवसरमा सो समुहले एक कार्यक्रमको आयोजना गरी अग्नि उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान गरेको छ कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यबाद दिएका थिए ।

‘हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु । यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एक अर्कालाई कदर गर्दै सँगसँगै अघि बढ्दै जानेछौ’ श्रेष्ठले भने ।

अग्नी ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा व्यवसाय आरम्भ गरेको थियो । हाल यो समुहले महिन्द्रा गाडी र जावा मोटरसाइकलको बिक्री, स्पेयर पार्टस् र सेवाहरू प्रादन गर्दै आइरहेको छ । देशभर ७१ भन्दा बढी डिलर तथा शाखाहरू संचालनमा रहेको यो समुह नेपालको अटोमोबाइल क्षेत्रमा सर्बाधिक बढी नेटवर्क भएको कम्पनी मध्ये एक मानिन्छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् ।

उक्त कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो । कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

“हरेक वर्ष हामी २५ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्छौं तर यस वर्ष हामीले ३० जना विद्यार्थीहरूलाई हाम्रो ३० वर्षे उत्सवका लागि छानेका हौं । हामी योग्य विद्यार्थीहरुलाई अवसर प्रदान गर्न प्रतिबद्ध छौं र आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिनेछौं,” अग्नी ग्रुपका नायब–निर्देशक बरदान बस्नेतले भने ।

अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचारहरू

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको...

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...