कारको स्पार्क प्लग समयमै फेर्दा फाइदा के ? कस्तो अवस्थामा फेर्नुपर्छ ?

स्पार्क प्लगले इन्जिनमा हावा–ईन्धन मिश्रणलाई प्रज्वलित गरी गाडीलाई स्टार्ट गर्न अनुमति दिन्छ । स्पार्क प्लगलाई लामो समयसम्म नफेर्दा यो खराव हुनसक्छ र यसले इन्जिनको माइलेजमा नकारात्मक असर पार्न सक्छ । स्पार्क प्लगको नियमित मर्मतले माइलेज र इन्धन दक्षतामा सुधार गर्न सकिन्छ ।

नयाँ स्पार्क प्लगले इन्जिनको सहज सञ्चालन र उचित दहनको सुविधा दिएर राम्रो इन्धन किफायती बनाउँछ । यसले इन्धनको खपतलाई कम गर्ने हुँदा समयसँगै इन्धनको लागतमा ठूलो बचत हुन्छ । स्पार्क प्लग धेरै पुरानो हुँदा यसले इन्जिनमा अपूर्ण दहन निम्त्याउँछ र गाडीको माइलेज घटाउँछ । यसलाई समयमै परिवर्तन गरेर ३० प्रतिशतसम्म माइलेज बढाउन सकिन्छ ।

स्पार्क प्लगलाई सामन्यत २० देखी ३० हजार किलोमिटर अर्थात निर्माताले सिफारिस गरे अनुसार फेर्नुपर्ने हुन्छ । इन्जिन स्टार्ट गर्न कठिनाइ, स्टार्ट गर्न असफल र खराब स्टार्टिङ जस्ता लक्षणहरू देखापरे स्पार्क प्लग खराव भयो भनेर बुझ्नुपर्छ ।

इन्जिनको आधारभूत ज्ञान भएकाहरूले आफै पनि यसलाई परिवर्तन गर्न सक्छन् । तर, सो विषयमा ज्ञानै नभइकन फेर्दा भने यसले इन्जिनमा क्षती निम्ताउन सक्छ । स्पार्क प्लग समयमै फेर्दा यसले कारको पर्फमेन्स र माइलेजमा ठूलो फरक पार्छ । मूल्यका हिसावले समेत यो त्यत्ति धेरै महंगो पर्दैन ।

सम्बन्धित समाचारहरू

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

काठमाडौं – नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको नेपाल...

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

बुटवल – बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि...

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...