गण्डकी अटो मेकानिकलको अध्यक्षमा अधिकारी

पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सो समितिको निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्ष नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कुर्मी र सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन ।

समितिको सदस्यहरुमा डिल बहादुर तुलाधर, एक बहादुर बानिया, विन्दु पावे, गंगा बहादुर कुँवर र भिमसेन शाह रहेका छन ।

निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराए ।

सो साधारण सभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालीले राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको र मजदुर विना विकास सम्भव नभएकोले अटो व्यवसाय व्यवस्थापनका लागि पोखरामा अनिवार्य अटोल्यान्ड आवश्यक रहेको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले व्यवस्थित शहरका लागि अटोल्यान्ड आवश्यक रहेकोले नेपालका मुख्य शहरहरुमा व्यवस्थित ल्यान्ड विकास भैसकेकोमा पोखरामा हुन नसक्नु दुःखको विषय भएको बताए ।

एसोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बाग्मती प्रदेशका संयोजक बलराम भण्डारी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्व महासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने, पूर्व अध्यक्ष यमप्रसाद भुसाल, हेटौँडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहकार कृष्ण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा जेष्ठ सदस्य एसोसिएसनका पूर्व अध्यक्ष सनत कुमार भट्टराई र पुराना व्यवसायी कुल बहादुर मगर लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

साधारण सभाले महासचिव विष्णु अधिकारी र कोषाध्यक्ष अर्जुन उप्रेतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

सम्बन्धित समाचारहरू

बाढी पहिरोको कारण मोटर बीमा अन्तर्गत २७ करोड बढी दावी पर्ने अनुमान

बाढी पहिरोको कारण मोटर बीमा अन्तर्गत २७ करोड बढी दावी पर्ने अनुमान

काठमाडौँ – असोज महिनाको ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी...

आवश्यक तालिम र अन्य व्यवस्थापन पश्चात मात्र युरो ६ लागू गर्नु पर्ने अटो मेकानिक्स व्यवसायी संघको माग

आवश्यक तालिम र अन्य व्यवस्थापन पश्चात मात्र युरो ६ लागू गर्नु पर्ने अटो मेकानिक्स व्यवसायी संघको माग

काठमाडौं – नेपालमा युरो ६ सरहको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने...

नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...