कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर अपडेट गरिरहेका छन् । केही वर्ष अघिसम्म कारमा उच्च टेक्नोलाजी हुँदैनथ्यो तर हाल सबै कारमा हाईटेक टेक्नोलोजी फिचरको रुपमा उपलब्ध हुन थालेका छन् । अहिले कम्पनीहरुले कारको सेफ्टी फिचरसँगै लक्जरी फिचरलाई प्राथमिकता दिइरहेका छन् ।

कारमा सेफ्टी फिचरको रुपमा उपलब्ध हुने एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम अर्थात एडीएएस फिचर पछिल्लो समयमा भित्रिएको एक प्रविधि हो । यसले कसरी काम गर्छ र यसका फाइदाहरु के के छन् भन्ने वारेमा चर्चा गरौ ।

एडीएएस के हो?
एडीएएस भनेको एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम हो । यसमा धेरै टेक्नोलोजी फिचर समावेश छन् । एडीएएसले सडकमा अगाडिबाट आउने कुनै खतरा, वस्तु वा व्यक्तिको उपस्थिति महसुस गर्छ र चालकलाई सचेत गराउँछ । यसले धेरै हदसम्म दुर्घटनाबाट बचाउन सकिन्छ ।

एडीएएसमा कुन कुन सेफ्टी फिचर उपलब्ध हुन्छ ?
कारको मूल्य र रेन्ज अनुसार यी सिस्टम प्रदान गरिएको हुन्छ । यसमा एडप्टिभ क्रुज कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, ट्रयाक्सन कन्ट्रोल, प्रि–कोलिजन वार्निङ, ट्राफिक सिग्नल डिटेक्शन र लेन डिपार्चर वार्निङ समावेश छ । एडीएएसले कारमा क्यामेरा र सेन्सरको मदतले काम गर्छ ।

एडीएएसका फाइदाहरू के के छन् ?
अधिकांश सडक दुर्घटना चालक तथा अन्य गल्तीका कारण हुने गरेको छ । सामान्यतया मानवीय त्रुटिका कारण हुने दुर्घटनालाई रोक्न एडीएएस विकसित गरिएको हो । वास्तवमा, यो सडक दुर्घटना कम गर्न धेरै प्रभावकारी साबित भएको छ ।

सम्बन्धित समाचारहरू

सिटिजन बैंकका सीईओले प्रयोग गर्ने भए १५० किलोवाटको बीवाईडी एट्टो ३

सिटिजन बैंकका सीईओले प्रयोग गर्ने भए १५० किलोवाटको बीवाईडी एट्टो ३

काठमाडौं – सिटिजन बैंक इन्टरनेसनलका सीईओ गणेशराज पोखरेलले १५० किलोवाट...

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...

कति समयसम्म टिक्छ इलेक्ट्रिक कारको ब्याट्री ? फेर्दा धेरै महंगो किन ?

कति समयसम्म टिक्छ इलेक्ट्रिक कारको ब्याट्री ? फेर्दा धेरै महंगो किन ?

इलेक्ट्रिक सवारी साधनको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै गएको छ । प्रदूषण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...