कुरिनटारमा ३ वटा सवारी ठोक्किँदा ११ जना घाइते

चितवनको इच्छाकामना–४ धारापानीस्थित पृथ्वी राजमार्गमा आज बिहान ८ः४५ बजे बस, ट्रक र माइक्रोबस आपसमा ठोक्किएर भीषण दुर्घटना भएको छ ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस (बाग्मती प्रदेश ०३–००१ ख २७७७), काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक (प्रदेश १–०२–००२ ख ०६१६) र बुटवलबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (बाग्मती प्रदेश ०३–००१ ज १२५९) एक–आपसमा जुध्दा ११ जना घाइते भएका छन् ।

दुर्घटनापछि सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको ६६ जनाको टोलीले घाइतेहरूको तत्काल उद्धार गरेको थियो ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा पठाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...