नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘एक्सिडेन्ट अलर्ट भेइकल’ ले जित्यो दोश्रो पुरस्कार

काठमाडौ - १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको 'नेपाल आईओटी च्यालेन्ज' मा आइओटि सँग संबंधित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ ।

कार्यक्रममा अवलोकनकर्ताको भोटिङको आधारमा  'लुसि' टिम प्रथम हुन सफल भएको छ । उक्त टिमले खोलामा आउने बाढीको पुर्व सूचना दिने 'फ्लोड प्रेडिक्सन सिस्टम' निर्माण गरेको थियो । 

भोटकै आधारमा टिम 'दी डक्टर्स फोर्टीसिक्स' दोश्रो भएको छ । उक्त टिमले बाइक दुर्घटनाको सूचना सम्बन्धित व्यक्तिलाई पुर्याउने 'एक्सिडेन्ट अलर्ट भेइकल' निर्माण गरेका हुन् ।

त्यस्तै टिम 'म्याट्रीक्स' तेस्रो भएको छ । औषधी पसलको सम्भावना नभएका ठाउँमा पनि सजिलै राख्ने सकिने र आपत पर्दा आवश्यक औषधी निकाल्न सकिने 'इमर्जेन्सी मेडिकल भेन्डिङ मेसिन'ले म्याट्रीक्स टिमलाई पुरस्कार दिलाएको हो ।

बिजेताले क्रमशः पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

प्रदर्शनीमा ड्रोन, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायतका  विद्यार्थीहरुले बनाएका परियोजना राखिएको थियो। नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा आयोजना गरिएको थियो । 

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका थिए । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको थियो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइएको पौडेलले बताए । प्रदर्शनीको तीन हजार जनाले अवलोकन गरेको बताइएको छ।

सम्बन्धित समाचारहरू

एकै पटकमा १५२० किलोमिटर दुरी तय गर्न सक्ने चेरीको हाईटेक एक्सिड एक्स७ लन्च

एकै पटकमा १५२० किलोमिटर दुरी तय गर्न सक्ने चेरीको हाईटेक एक्सिड एक्स७ लन्च

चीनको अग्रणी अटो निर्माता कम्पनी चेरीले आफ्नो नयाँ हाईटेक एसयूभी एक्सिड...

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...

१९ लाख ४९ हजार रुपैयाँ सम्म मूल्यका यात्री मोटरसाइकल उपलब्ध : अब सिरिज २

१९ लाख ४९ हजार रुपैयाँ सम्म मूल्यका यात्री मोटरसाइकल उपलब्ध : अब सिरिज २

नेपाली ईभी पारखीलाई आकर्षित गरिरहेको यात्री मोटरसाइकलले अब सिरिज २ उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...