क्रिसमसको अवसरमा भाटभटेनीमा रोमाञ्चक सरप्राइज पाइने

काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमसको सिजनमा नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सरप्राइजको अनुभव प्रदान गर्दैछ ।

डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लाउजलाई भेट्ने, सरप्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

‘अ जोयफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ । डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउने कम्पनीको भनाइ छ ।

यसमा सहभागीहरूले सान्ता क्लाउजलाई भेट्ने अवसरहरू र विशेष सरप्राइज उपहारहरू प्राप्त गर्न सक्ने छन् । यसबाहेक ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्सहरु आफैं अनुभव गर्न सक्ने छन् ।

नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बन्नका लागि कम्पनीले सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७...

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ ।...

एप्पल कारको सिरी भ्वाइस कमाण्डमा गरियो परिमार्जन, आइफोनसँग कनेक्ट गर्न सकिने

एप्पल कारको सिरी भ्वाइस कमाण्डमा गरियो परिमार्जन, आइफोनसँग कनेक्ट गर्न सकिने

एप्पलले अल–इलेक्ट्रिक सेल्फ ड्राइभिङ कारमा काम गरिरहेको छ, जसलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...