आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुँदै चांगान नेभो क्यू०५

काठमाडौं - चांगानको नयाँ इलेक्ट्रिक एसयूभी नेभो क्यू०५ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ। नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गतका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले क्रमशः मंसिर १५ र १७ गते उक्त एसयूभी सार्वजनिक गर्न लागेका हुन्।

बुटवल–११, कालिकानगरस्थित जेनोस मोटर्स र इटहरी–१०, विराटनगर लाइनस्थित सर्वा मोटर्समा सार्वजनिक कार्यक्रम आयोजना हुनेछ। औपचारिक सार्वजनिकअघि नै ग्राहकले टेस्ट ड्राइभमार्फत नेभो क्यू०५ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। यसको अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

चांगानको न्यू इनर्जी भेइकल पोर्टफोलियोअन्तर्गतको नेभो क्यू०५ लाई आराम, डिजाइन र प्रविधिमा केन्द्रित प्रिमियम सहरी इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। ‘अ क्लास अबोभ’ अवधारणामा तयार गरिएको यस एसयूभीमा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री र १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ।

कम्पनीका अनुसार चांगानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि र थ्रीसी फास्ट चार्जिङ सुविधासहितको यस एसयूभीलाई १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले एनईडीसी मापदण्डअनुसार एकपटकको फुल चार्जमा ४६२ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ।

आरामदायी यात्रालाई ध्यानमा राखेर तयार गरिएको नेभो क्यू०५ मा २ हजार ७३५ एमएमको ह्विलबेस र ५४० लिटर क्षमताको बुट स्पेस उपलब्ध छ। पछाडिका सिटलाई ढल्काउन मिल्ने सुविधा भएकाले यसले यात्रुका लागि थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।

डिजाइनका हिसाबले पनि नेभो क्यू०५ आकर्षक रहेको कम्पनीले जनाएको छ। विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कले यसको डिजाइन विकास गरेको हो। एरोडाइनामिक बनावट र विशिष्ट लाइटिङ डिजाइन रहेको यस एसयूभीले ‘गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ।

कम्पनीका अनुसार नेभो क्यू०५ को विश्वव्यापी बिक्री २ लाख युनिट नाघिसकेको छ। चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा समेत राम्रो बिक्री प्रदर्शन गरेको यस मोडललाई नेपाली बजारमा ल्याएर चांगानले आफ्नो इलेक्ट्रिक एसयूभी पोर्टफोलियो थप विस्तार गर्न लागेको हो।

बुटवल र इटहरीमा सार्वजनिक कार्यक्रमपछि मंसिर १८ देखि २० गतेसम्म दुवै सहरका सम्बन्धित दिपल शोरुममा मेगा एक्सचेन्ज कार्निभल आयोजना हुनेछ। उक्त कार्यक्रममा ग्राहकले विशेष एक्सचेन्ज सुविधा तथा अन्य आकर्षक अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालमा चांगान, दिपल र नेभो ब्रान्डको प्रतिनिधित्व एमएडब्लू वृद्धि अटोकर्पले गर्दै आएको छ। जेनोस मोटर्स बुटवल र सर्वा मोटर्स इटहरी चांगानका आधिकारिक डिलर हुन्। दुवै कम्पनीले बिक्रीसँगै बिक्रीपछिको सेवालाई समेत प्राथमिकता दिँदै आएका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...