हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
काठमाडौं–हुन्डाईले भारतीय बजारका लागि तयार गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी आयोनिक पी आगामी जनवरी १६, २०२७ मा सार्वजनिक गर्ने भएको छ । हुन्डाईको यो पहिलो सब–फोर मिटर इलेक्ट्रिक एसयूभी हुनेछ ।
भारतमा लामो समयदेखि परीक्षण भइरहेको यो विद्युतीय एसयूभी हुन्डाईको विशेष ईभी प्लेटफर्म ई–जीएमपी(के) मा आधारित हुने अपेक्षा गरिएको छ । यही प्लेटफर्म अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन्डाई इन्स्टर ईभीमा समेत प्रयोग गरिएको छ ।
आयोनिक पी दुई भेरियन्टमा उपलब्ध हुने सम्भावना छ । यसमा स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई विकल्प रहनेछन् ।
आयोनिक पीमा पनि हुन्डाईको इन्स्टर ईभीमा जडान गरिएको ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री प्याकलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ । यसले एकपटकको फुल चार्जमा डब्लूएलटीपी मापदण्डअनुसार अधिकतम ३५५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । यद्यपि आयोनिक पीको ब्याट्री क्षमता र रेन्जबारे कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।
डिजाइनका हिसाबले यो एसयूभी हुन्डाई भेन्यूजस्तै बक्सी आकारको हुने अनुमान गरिएको छ । यसमा अगाडि तथा पछाडि एलईडी लाइटिङ, छोटो ओभरह्याङ, रूफ रेल र फ्लस डोर ह्यान्डल उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कारमा नयाँ पुस्ताको प्लेओस कनेक्ट इन्फोटेनमेन्ट सिस्टम र लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध हुने सम्भावना छ । साथै, विभिन्न आरामदायी तथा आधुनिक सुविधा पनि समावेश हुनेछन् ।
हुन्डाईले यसको पूर्ण लन्च तथा मूल्य आगामी फेब्रुअरीमा आयोजना हुने भारत मोबिलिटी एक्सपो २०२७ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।
भारतीय बजारमा सार्वजनिक भएर बिक्री सुरु भएपछि यो एसयूभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...