बेन्ट्लेको इलेक्ट्रिक ‘ब्लोअर जुनियर’का पहिलो २५ युनिट ग्राहकलाई हस्तान्तरण गरिँदै
बेलायती लक्जरी कार निर्माता कम्पनी बेन्ट्लेको ऐतिहासिक रेसिङ कारबाट...
काठमाडौं - भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी एथर इनर्जीले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नयाँ सेन्टरको औपचारिक उद्घाटन गरेको हो।
नयाँ एक्सपेरियन्स सेन्टर डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा आएको हो। डाइनामिक इनर्जीले यसअघि चितवनको आस्था चोकमा पनि एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो। टाँडीमा दोस्रो बिक्री केन्द्र सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न तथा खरिदपछिको सेवाबारे परामर्श लिन थप सहज हुने कम्पनीले जनाएको छ।
नयाँ सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र रिज्टा स्कुटर अनुभव गर्न सक्नेछन्। ४५० सिरिजलाई उच्च प्रदर्शन, प्रविधि र स्पोर्टी राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गरिएको छ भने रिज्टा आराम, सुविधा र पारिवारिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको स्कुटर हो। रिज्टामा दैनिक आवागमनका लागि उपयोगी स्टोरेज सुविधासमेत उपलब्ध छ।
एथरका स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता प्रविधि उपलब्ध छन्। म्याजिक ट्विस्टमार्फत थ्रोटलको प्रयोगबाट स्कुटरको गति बढाउन तथा घटाउन सकिन्छ। यसमा रिजेनेरेटिभ ब्रेकिङको सुविधा पनि समावेश छ। इन्फिनिटी क्रुजले लामो यात्रामा गति नियन्त्रणलाई सहज बनाउँछ भने भ्वाइस कमान्डमार्फत स्कुटरका विभिन्न फङ्सन प्रयोग गर्न सकिन्छ।

विद्युतीय स्कुटरको ब्याट्रीप्रति ग्राहकको विश्वास बढाउन कम्पनीले एथर एस्योरेन्स एटसेभेन्टी कार्यक्रम पनि उपलब्ध गराएको छ। यसअन्तर्गत लागू हुने सर्तअनुसार ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यतिसम्म ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिन्छ।
कम्पनीका अनुसार एथरको नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्। बिक्री केन्द्र, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तारले विद्युतीय स्कुटर प्रयोगकर्तालाई सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ।
नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा एथरले योग्य स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने विशेष योजना पनि ल्याएको छ। उक्त अफर लागू हुने सर्त तथा नियमअनुसार उपलब्ध हुनेछ।
वैद्य इनर्जी प्रालि नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो। कम्पनीले देशका विभिन्न स्थानमा एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको छ। टाँडीमा १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनुले चितवनसहित आसपासका क्षेत्रमा एथरका विद्युतीय स्कुटरको पहुँच थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...