तेस्रो पुस्ताको नयाँ बीवाईडी ट्याङ लन्च, ९ मिनेटमै ९७ प्रतिशत चार्ज

बीवाईडीले आफ्नो तेस्रो पुस्ताको नयाँ ५ सिटर इलेक्ट्रिक क्रसओभर एसयूभी बीवाईडी ट्याङ घरेलु बजारमा लन्च गरेको छ। नयाँ ट्याङमा अत्याधुनिक ब्लेड २.० एलएफपी ब्याट्री, फ्ल्यास चार्जिङ प्रविधि, ८५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज र ६९१ एचपीसम्मको पावर उपलब्ध गराइएको छ। यसको ब्याट्रीलाई १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न केवल ९ मिनेट लाग्ने दाबी गरिएको छ।

बीवाईडी ट्याङ सन् २०१५ मा पहिलो पटक लन्च गरिएको थियो। यसको दोस्रो पुस्ता सन् २०१८ मा लन्च भएको थियो। त्यसपछि ट्याङ मोडल डायनेस्टी सिरिजअन्तर्गत ट्याङ एल, अट्टो ८, सिलिवन ८ र डा ट्याङ जस्ता विभिन्न नाम र संस्करणमा विस्तार हुँदै आएको छ। नयाँ ट्याङमा नयाँ हेडलाइट डिजाइन, सेमी हिडन डोर ह्यान्डल, अप्शनल कन्ट्रास्टिङ रूफ र फ्रन्टमा २.५ मिटर लामो ‘ड्रागन व्हिस्कर्स’ सिग्नेचर लाइट स्ट्रिप दिइएको छ।

आकारका हिसाबले नयाँ ट्याङको लम्बाइ ५०४५ एमएम, चौडाई १९८० एमएम, उचाई १७६० एमएम र ह्विलबेस २९५० एमएम रहेको छ। यसमा ९१० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा २११३ लिटरसम्म विस्तार गर्न सकिन्छ। त्यस्तै, अगाडिको बोनटमुनि २०५ लिटर क्षमताको फ्रंक पनि उपलब्ध छ।

नयाँ बीवाईडी ट्याङको टप भेरियन्टमा चालक र अगाडिको यात्रुका लागि ३० इन्चको टचस्क्रिन उपलब्ध गराएको छ। यसको बेस भेरियन्टमा भने १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ। साथै वैकल्पिक रूपमा विन्डशील्डको तल ३५.४ इन्चको प्यानोरामिक हेड-अप डिस्प्ले पनि उपलब्ध हुनेछ ।

एसयूभीको दोस्रो पङ्क्तिमा १००० एमएम लेगरूम र १३० डिग्रीसम्म रिक्लाइन गर्न मिल्ने ब्याकरेस्ट उपलब्ध छ। यसमा एम्बियन्ट लाइटिङ, ६.८ लिटर क्षमताको इनबिल्ट फ्रिज तथा अगाडि र पछाडिका सिटमा हिटिङ, भेन्टिलेसन र मसाज सुविधा दिइएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...