सिप्रदीले ट्राफिक प्रहरीलाई दियो ईभीसम्बन्धी तालिम

काठमाडौं–सिप्रदी ट्रेनिङ सेन्टरले ट्राफिक प्रहरीका लागि विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।

नैकापस्थित सिप्रदी ट्रेनिङ सेन्टरमा बग्गीखानाको १५८औँ ब्याचका ४९ जना ट्राफिक प्रहरी अधिकृत तथा वरिष्ठ कर्मचारीलाई तालिम प्रदान गरिएको हो ।

तालिममा विद्युतीय सवारीसाधनको प्रविधि, प्रमुख कम्पोनेन्ट, सुरक्षा सावधानी तथा आधारभूत प्राविधिक पक्षबारे जानकारी दिइएको थियो । साथै, ईभी दुर्घटना हुँदा अपनाउनुपर्ने आपतकालीन उद्धार र प्रतिकार्य प्रक्रियाबारे समेत प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा ट्राफिक प्रहरीलाई यसको प्राविधिक पक्ष र सुरक्षा प्रक्रियाबारे जानकारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको छ ।

विशेषगरी ईभी दुर्घटनाका समयमा अपनाउनुपर्ने सावधानी र उद्धार प्रक्रियाबारे जानकारीले सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

सडक सुरक्षा अभिवृद्धि र विद्युतीय सवारीसाधनसम्बन्धी जनशक्तिको प्राविधिक क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यले सिप्रदीले यस्तो सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...