जिप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
तनहुँ – तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन...
काठमाडौं–अमेरिकी अटोमोबाइल ब्रान्ड जीपले चीनमा उत्पादन हुने नयाँ विद्युतीय एसयूभी सन् २०२७ मा बजारमा ल्याउने भएको छ ।
चीनको वुहानस्थित प्लान्टमा उत्पादन हुने उक्त एसयूभी चीनसहित युरोप, क्यानडा र मेक्सिकोमा निर्यात गर्ने योजना कम्पनीको छ ।
जीपले नोभेम्बर २५ मा चीनको ग्वाङ्झाउमा आयोजित रणनीतिक सम्मेलनमार्फत नयाँ एसयूभी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो । यस परियोजनामा जीपको मातृ कम्पनी स्टेलान्टिस र चिनियाँ कम्पनी डोङफेङबीच सहकार्य हुनेछ ।
नयाँ एसयूभी पूर्ण विद्युतीय (बीईभी) र प्लगइन हाइब्रिड (पीएचईभी) दुवै विकल्पमा उपलब्ध हुनेछ । कम्पनीले यसको डिजाइनलाई समेत अन्तिम रूप दिइसकेको जनाएको छ ।
जीपले नयाँ एसयूभीमा चिनियाँ अटोमोटिभ टेक्नोलोजी कम्पनी मोमेन्तासँग सहकार्य गर्ने भएको छ । दुवै कम्पनीले विकास गरिरहेको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) ले सहरका सडक, राजमार्ग र अफरोड यात्रामा चालकलाई सहयोग गर्नेछ ।
यस प्रविधिमा माटो, बालुवा र हिउँजस्ता कठिन भूभागमा समेत काम गर्ने विशेष सुविधा रहनेछ । सडकमा लेन मार्किङ नभएको र सतहको अवस्था परिवर्तन भइरहने स्थानमा पनि प्रणालीले काम गर्ने गरी विकास भइरहेको कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...