बनेपामा नोभेम्बर २७ र २८ मा ‘एक्स्ट्रिम रेस वार्स २०२६’, महिला विधाको प्रायोजन क्युजे मोटरले गर्ने

काठमाडौं -नेपालको सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ आगामी नोभेम्बर २७ र २८ (मंसिर ११ र १२ गते) बनेपामा आयोजना हुने भएको छ। एड्भान्स राइडिङ एकेडेमी (एआरए) र मोटो वर्ल्ड नेपालको संयुक्त आयोजनामा हुने प्रतियोगिताको महिला विधालाई क्युजे मोटर नेपालले प्रायोजन गर्ने भएको छ।

बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका राइडरले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना हुन लागेको यस इभेन्टले नेपाली मोटरस्पोर्ट्सको प्रवर्द्धन गर्नुका साथै राइडरहरूको सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा एक्सपर्ट, एमेच्योर र वुमेन्स गरी तीन विधा समावेश गरिएको छ। एक्सपर्ट विधामा अनुभवी तथा यसअघि प्रतियोगिता जितिसकेका राइडरले प्रतिस्पर्धा गर्नेछन् भने एमेच्योर विधामा नयाँ तथा उदीयमान राइडरले आफ्नो क्षमता प्रदर्शन गर्न पाउनेछन्। त्यस्तै, वुमेन्स विधा महिला राइडरलाई मोटरसाइकल रेसिङमा प्रोत्साहन गर्ने उद्देश्यले राखिएको आयोजकले जनाएको छ।

महिला राइडरको सहभागिता र प्रतिस्पर्धालाई थप प्रोत्साहन गर्न क्युजे मोटर नेपालले वुमेन्स विधाको विशेष प्रायोजन गर्ने भएको हो। यसका लागि कम्पनीले रेसिङका लागि तयार पारिएका ६ वटा क्युजे मोटर एसआरके १८० एस मोटरसाइकल उपलब्ध गराउनेछ।

क्युजे मोटर एसआरके १८० एसमा लिक्विड कुल्ड १७५ सीसी इन्जिन दिइएको छ। यसले १८.१ बीएचपी पावर र १५.२ एनएम टर्क उत्पादन गर्छ। १४६ केजी तौल रहेको यो मोटरसाइकलमा महिला प्रतिस्पर्धीले समान प्रकारका मोटरसाइकल प्रयोग गरी प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। कार्यक्रममा क्युजे मोटरका आधिकारिक प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ भने महिला विधाका विजेतालाई कम्पनीका प्रतिनिधिले ट्रफी तथा पुरस्कार प्रदान गर्नेछन्।

प्रतियोगिता दुईदिने रेस विकेन्डको ढाँचामा सञ्चालन हुनेछ। पहिलो दिन नोभेम्बर २७ मा मोटरसाइकलको प्राविधिक जाँच, अभ्यास सत्र र छनोट चरणका प्रतिस्पर्धा हुनेछन्। दोस्रो दिन नोभेम्बर २८ मा विभिन्न विधाका हिट्स तथा ग्रान्ड फाइनल आयोजना गरिनेछ। प्रतियोगिताको अन्त्यमा विजेतालाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

मोटो वर्ल्ड नेपाल र एआरएको संयुक्त नेतृत्वमा आयोजना हुन लागेको यस प्रतियोगिताले नेपालमा मोटरसाइकल रेसिङ संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सुरक्षित राइडिङ अभ्यास, प्राविधिक ट्र्याक प्रशिक्षण तथा व्यावसायिक मोटरस्पोर्ट्सको प्रवर्द्धनलाई समेत प्रतियोगिताले प्राथमिकता दिने आयोजकको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...