होन्डाको पहिलो मेड इन इन्डिया इलेक्ट्रिक एसयूभी ‘अल्फा’को डिजाइन सार्वजनिक, डिसेम्बर २ मा ग्लोबल प्रिमियर
होन्डाले आफ्नो पहिलो मेड इन इन्डिया इलेक्ट्रिक एसयूभी ‘होन्डा अल्फा’को...
काठमाडौं–होन्डाले नयाँ पुस्ताको हाइब्रिड प्रविधिसहितको नयाँ एसयूभी एभान्सियर सार्वजनिक गरेको छ । कम्पनीको नयाँ लोगो प्रयोग गरिएको यो पहिलो मोडल हो ।
होन्डाको ‘ग्रान्ड जर्नी’ कन्सेप्टमा आधारित एभान्सियर नयाँ मोड्युलर मिडसाइज प्लेटफर्ममा निर्माण गरिएको हो । यो एसयूभी एसियाली बजारका थाइल्यान्ड, जापान र चीनलगायत देशमा बिक्रीका लागि उपलब्ध गराउने तयारी छ ।
एभान्सियरको बाहिरी डिजाइन आकर्षक र आधुनिक छ । यसमा फराकिलो ग्रिल, स्लिम एलईडी लाइट, फ्लस डोर ह्यान्डल, मल्टिस्पोक अलोय ह्विल तथा पछाडि जोडिएको एलईडी टेललाइट स्ट्रिप दिइएको छ ।
यसको इन्टेरियर मिनिमलिस्ट डिजाइनमा आधारित छ । ड्यासबोर्डमा ठूलो इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, प्यानोरामिक सनरुफ तथा स्टेयरिङमा विभिन्न कन्ट्रोल उपलब्ध छन् । तेस्रो रोसम्म फैलिएको प्यानोरामिक सनरुफ यसको आकर्षक विशेषता हो ।
फिचरका रूपमा अगाडिका सिटमा हिटेड तथा भेन्टिलेटेड सुविधा, १२ स्पिकरयुक्त बोस साउन्ड सिस्टम, भ्वाइस कन्ट्रोल र रिमोट क्याबिन भ्यु सिस्टम दिइएको छ ।
यसको मुख्य आकर्षण नयाँ पुस्ताको ‘होन्डा हाइब्रिड’ सिस्टम हो । यसमा दुईवटा विद्युतीय मोटरमा आधारित हाइब्रिड प्रविधि प्रयोग गरिएको छ । नयाँ सिस्टममा ड्राइभ युनिटलाई सानो र थप प्रभावकारी बनाइएको छ भने यसको सञ्चालन क्षमता र कन्ट्रोल प्रविधिमा सुधार गरिएको कम्पनीले जनाएको छ ।
एभान्सियरमा ‘डुअल पावर’ इलेक्ट्रिक अल ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध छ । यसले अगाडि र पछाडिका मोटरलाई स्वतन्त्र रूपमा नियन्त्रण गरी आवश्यकताअनुसार पावर वितरण गर्छ ।
होन्डाले सन् २०३० सम्म विश्व बजारमा नयाँ पुस्ताको हाइब्रिड सिस्टमसहित १५ वटा मोडल सार्वजनिक गर्ने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...