कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्तालाई अटो लोन दिन सुरु
काठमाडौं–कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि सवारी साधन खरिद...
काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ल्याएको ४.९० प्रतिशत ब्याजदरको अटो लोन स्किम मंसिर मसान्तमा सकिने भएको छ ।
बैंकले फेस्टिभल अफर २०८३ अन्तर्गत ल्याएको यो योजनामा मंसिर मसान्तसम्म उक्त ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
बैंकको योजनाअनुसार ग्राहकले अधिकतम १ करोड रुपैयाँसम्म सवारी कर्जा लिन सक्नेछन् । कर्जाको अवधि अधिकतम ७ वर्षसम्म रहनेछ ।
त्यस्तै, कर्जा स्वीकृत रकमको ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
बैंकले सार्वजनिक गरेको योजनामा विद्युतीय तथा पेट्रोलियम पदार्थबाट चल्ने दुवै प्रकारका सवारीसाधनलाई समावेश गरेको छ ।
४.९० प्रतिशत ब्याजदरको यो विशेष योजना २०८३ मंसिर मसान्तसम्मका लागि मात्र लागू हुने बैंकले जनाएको छ । यसले नयाँ गाडी खरिद गर्ने ग्राहकलाई तुलनात्मक रूपमा कम ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...