इतिहासमा नजर : दोश्रो एशियन हाइवे मोटर र्याली
२०२७ कार्तिक २२ गते (१९७० नोभेम्बर ७) इरानको राजधानी तेहरानबाट दोश्रो एशियन...
काठमाडौँ - विश्व टेलिभिजन दिवसको अवसरमा काठमाडौंमा कार्यरत भिडियो पत्रकारहरूको भेलाले नेपाल भिडियो जर्नालिष्ट एसोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
काठमाडौंमा आज आयोजित भिडियो पत्रकारहरूको भेलाले नेपाल टेलिभिजनमा कार्यरत भिडियो पत्रकार शिव पंगेनीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।
गठित समितिको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार, चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका निरनराज वाना तथा भिडियो पत्रकारहरू विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन्। भिडियो पत्रकार सुरेन्द्र श्रेष्ठ नेपाल अटोमा कार्यरत छन् ।
तदर्थ समितिका संयोजक पंगेनीले नेपालभर व्यावसायिक रूपमा कार्यरत भिडियो पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि एसोसिएसन गठन गरिएको बताए। उनले भिडियो पत्रकारिताको विकास, क्षमता अभिवृद्धि र पेसागत एकताका लागि संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले भिडियो पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै वर्तमान युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारितामा संलग्न सबै पत्रकार एकजुट भएर अघि बढ्नुपर्ने बताए।
“भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित बनाउन सबै भिडियो पत्रकार एकताबद्ध भएर अघि बढ्न आवश्यक छ,” उनले भने।
उनले भिडियो पत्रकारहरूको पेसागत एकता, क्षमता विकास र अधिकार संरक्षणका लागि एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे।
विश्व टेलिभिजन दिवसको अवसरमा गठित एसोसिएसनले नेपालभर कार्यरत भिडियो पत्रकारहरूलाई एउटै संस्थागत छातामुनि आबद्ध गर्दै भिडियो पत्रकारिताको व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...