रोयल इनफिल्डको बिक्रीमा नयाँ रेकर्ड, एकै त्रैमासिकमा बेच्यो ३.७६ लाख बाइक
काठमाडौं–रोयल इनफिल्डले चालु आर्थिक वर्ष २०२६/२७ को दोस्रो त्रैमासिकमा...
काठमाडौं–रोयल इनफिल्डले २५० सीसी क्षमताको नयाँ हाइब्रिड मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२८ मा उक्त मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ ।
कम्पनीले नयाँ मोटरसाइकलमार्फत कम क्षमताका कम्युटर बाइक प्रयोग गरिरहेका युवालाई प्रिमियम मोटरसाइकलतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।
यो मोटरसाइकल हाल कम्पनीको सबैभन्दा सस्तो मोडल हन्टर ३५० भन्दा तलको सेग्मेन्टमा रहने अपेक्षा गरिएको छ ।
रिपोर्टअनुसार नयाँ २५० सीसी हाइब्रिड मोटरसाइकलले प्रतिलिटर ५० किलोमिटरभन्दा बढी माइलेज दिन सक्नेछ । यसमा प्रयोग हुने इन्जिनले आगामी बीएस७ तथा सीएएफई उत्सर्जन मापदण्ड पूरा गर्ने लक्ष्य राखिएको छ ।
यसअघि रोयल इनफिल्डले चीनको मोटरसाइकल निर्माता सीएफमोटोबाट २५० सीसी इन्जिन प्रविधि लिने सम्भावनाबारे चर्चा भएको थियो । तर, कम्पनीले इन्जिनको स्रोत र हाइब्रिड प्रविधिबारे आधिकारिक जानकारी दिएको छैन ।
नयाँ मोटरसाइकल रोयल इनफिल्डको अहिलेसम्मकै सस्तो उत्पादन बन्न सक्ने अनुमान गरिएको छ । यसअघि यसको मूल्य भारतीय बजारमा करिब १ लाख २० हजारदेखि १ लाख ३० हजार भारुसम्म हुन सक्ने अनुमान गरिएको थियो । यद्यपि, मूल्यबारे आधिकारिक घोषणा भएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...