प्रोटोन ई.मास ७ को सुरक्षा प्रविधिले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं–प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा नोभेम्बर १० मा आयोजित ‘एसियन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड २०२६’ मा ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनको प्राथमिकतालाई उजागर गरेको कम्पनीको भनाई छ ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधा उपलब्ध छन् ।

यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ । यी प्रविधिले सवारी चलाउँदा चालकलाई थप सुरक्षा र सहायता प्रदान गर्छन् ।

नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध हुँदै आएको छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा छन् ।

यसमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट दिइएको छ भने भेहिकल टु लोड सुविधामार्फत गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ । यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई प्रभावकारी बनाउँछ ।

नेपालमा यसको प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको फुल चार्जमा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुल चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिन्छ । दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको मद्दतले करिब २० मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ई.मास ७ ले ११ किलोवाटसम्मको एसी र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...