जेटोर टी२ मा आधारित जेएसडब्लूको नयाँ एसयूभी सार्वजनिक हुनुअघि नै लिक

काठमाडौं–जेएसडब्लू मोटर्सको नयाँ एसयूभी ‘कम्ब्याट’ सार्वजनिक हुनुअघि नै लिक भएको छ । आगामी डिसेम्बर ३ मा औपचारिक डेब्यु गर्ने तयारीमा रहेको उक्त एसयूभीको तस्बिर सार्वजनिक भएको हो ।

चिनियाँ कम्पनी चेरीको जेटोर टी२ मा आधारित कम्ब्याट प्लग–इन हाइब्रिड एसयूभी हो । सार्वजनिक तस्बिरअनुसार यसको डिजाइन अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको जेटोर टी२ सँग मिल्दोजुल्दो छ ।

अगाडिको ग्रिलमा लेखिएकोे ‘जेटोर’ लाई हटाएर ‘कम्ब्याट’ राखिएको छ । यसमा पहिलेको जस्तै स्क्वायर डिजाइनका एलईडी हेडलाइट, फग ल्याम्प र बम्पर देख्न सकिन्छ । लिक भएको मोडल एक्वा ग्रिन रङमा देखिएको छ ।

कम्ब्याटमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँगै दुईवटा इलेक्ट्रिक मोटर र १८.४ किलोवाट आवरको ब्याट्री रहने अपेक्षा गरिएको छ । यसको संयुक्त पावर ३६० हर्सपावर र टर्क ६१० एनएम हुने अनुमान छ ।

यसको इन्टेरियरमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.६ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, प्यानोरामिक सनरुफ, ५४० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र १२ स्पिकरको साउन्ड सिस्टमजस्ता फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।

जेटोर टी२ नेपाली बजारमा यसअघि नै उपलब्ध भइसकेको एसयूभी हो । नेपाली बजारमा यसको आधिकारिक वितरकका रुपमा लक्ष्मी मोटर हब प्रालि कार्यरत छ । कम्पनीले यसको सुरुवाती मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...