इतिहासमा नजर : दोश्रो एशियन हाइवे मोटर र्‍याली

२०२७ कार्तिक २२ गते (१९७० नोभेम्बर ७) इरानको राजधानी तेहरानबाट दोश्रो एशियन हाइवे मोटर -यालीको शुभारम्भ भएको थियो । -याली इरानबाट, अफगानिस्तान, पाकिस्तान, भारत नेपाल हुँदै त्यो समयको पूर्वी पाकिस्तानको ढाकामा कार्तिक ३०, २०२७ (१९७० नोभेम्बर १५) मा समाप्त भएको थियो । -यालीमा ९ देशका ६२ वटा कारले ६८०० किलोमीटर सडक छिचोल्दा मंसिरको अन्तमा नेपालको सडकमा पनि गुडेका थिए । तस्विरमा काठमाडौ पुग्नु अगाडि आइपुगेका कारको नामांकन गर्ने क्रममा रहेका छन्।

यो -याली दक्षिण एशियामा सुधारिएको सडक बिस्तारको प्रचार गरेर एशियामा ब्यापार तथा पर्यटन प्रवर्धन गर्नका लागि संयुक्त राष्ट्र संघको एशिया तथा सुदूर पूर्व आर्थिक आयोग (ECAFE) द्वारा प्रायोजित दोश्रो एसियाली राजमार्गको -यालीको कार्यक्रम थियो । यो -यालीमा भारतका मोहिन्दर कुमार लालवानी विजयी भएका थिए । यस किसिमको पहिलो एशियन हाइवे -याली २०२६ को बैशाख ३ देखि ७ (१९६९ अप्रिल १५ देखि १९) मा भियतनामबाट सिंगापुरसम्म सञ्चालन गरिएको थियो । तेश्रो एशियन हाइवे -याली नोभेम्वर १९७३ मा इस्तानबुल देखि काबुलसम्म भएको थियो ।

संयुक्त राष्ट्र संघले एशियाली राजमार्ग परियोजना सन १९५९ मा शुरु गरेको थियो । साठीको दशकमा कतिपय देशका मुख्य मुख्य राजमार्गले छिमेकी मुलुक छोइसकेका थिए । यस राजमार्ग परियोजनाको मुख्य उद्देश्य नै एशियाली राष्ट्रका राजधानी बिच राजमार्गले जोडिनु थियो । दोश्रो उद्देश्य कृषि उत्पादन क्षेत्र र औद्योगिक क्षेत्र बिच जोडिनु थियो ।

नेपाल भित्रको महेन्द्र राजमार्ग एशियाली राजमार्ग अन्तर्गत एशियाली राजमार्ग २ (AH 2) र भारतीय सिमा वीरगञ्ज देखि चिनियाँ सिमा मितेरी साँघु एशियाली राजमार्ग ४२ (AH 42) मा पर्दछ । हाल यस राजमार्ग सञ्जालमा ३२ राष्ट्र छन् भने यस भित्रका १४५ हजार किलोमिटर सडक एशियाली राजमार्गमा पर्दछन् ।

जानकारी र तस्बिर स्रोत : सुनिल कुमार उलक

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...