कार टायर बजारमा प्रवेश गर्दै बीकेटी, जनवरीदेखि बिक्री सुरु

काठमाडौं–भारतीय टायर उत्पादक कम्पनी बालकृष्ण इन्डस्ट्रिज (बीकेटी) ले जनवरी २०२७ देखि आफ्नै ब्रान्डमा प्यासेन्जर कार टायर बजारमा ल्याउने भएको छ ।

कम्पनीले पहिलो चरणमा भारतीय बजारलाई लक्षित गर्दै प्यासेन्जर कार रेडियल (पीसीआर) टायरको बिक्री सुरु गर्ने तयारी गरेको हो ।

बीकेटीले आफ्नो परम्परागत अफ–हाइवे टायर व्यवसाय विस्तार गर्दै प्यासेन्जर कार, दुईपांग्रे तथा कमर्सियल सवारीका लागि टायर उत्पादनमा लगानी बढाइरहेको छ ।

कम्पनीले जनवरी २०२७ मा पीसीआर टायरको प्रारम्भिक बजार प्रवेश गर्ने र त्यसपछि मागअनुसार उत्पादन तथा बिक्री क्रमशः बढाउने योजना बनाएको छ ।

बीकेटीले सन् २०३० सम्म आफ्नो कुल कारोबारको २० प्रतिशत हिस्सा अन–रोड टायर व्यवसायबाट हासिल गर्ने लक्ष्य राखेको छ । साथै, यस क्षेत्रमा ५ प्रतिशत बजार हिस्सा ओगट्ने कम्पनीको योजना छ ।

यसैबीच, बीकेटीले इटालियन टायर निर्माता पिरेलीसँग पनि सहकार्य अघि बढाएको छ । उक्त सम्झौताअन्तर्गत बीकेटीले सन् २०३० सम्म भारतमा पिरेली ब्रान्डका ८ लाखसम्म प्रिमियम कार टायर उत्पादन गर्नेछ ।

यी दुई कम्पनीले भविष्यमा ५०ः५० साझेदारीमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने सम्भावनासमेत अघि सारेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...