रोयल इनफिल्डको बिक्रीमा नयाँ रेकर्ड, एकै त्रैमासिकमा बेच्यो ३.७६ लाख बाइक

काठमाडौं–रोयल इनफिल्डले चालु आर्थिक वर्ष २०२६/२७ को दोस्रो त्रैमासिकमा अहिलेसम्मकै उच्च बिक्री रेकर्ड कायम गरेको छ । कम्पनीले जुलाईदेखि सेप्टेम्बर २०२६ सम्म कुल ३ लाख ७६ हजार ७२२ युनिट मोटरसाइकल बिक्री गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ लाख २७ हजार ६७ युनिट मोटरसाइकल बिक्री गरेको थियो । यससँगै कम्पनीको बिक्री अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीका अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको माग बढ्दै जाँदा बिक्रीमा नयाँ रेकर्ड कायम भएको हो । विशेषगरी सेप्टेम्बर र अक्टोबर महिनाको चाडपर्व लक्षित बिक्रीले कम्पनीको व्यापारलाई थप गति दिएको छ ।

यस अवधिमा कम्पनीले क्लासिक ३५० गोर्खा एडिसन पनि सार्वजनिक गरेको थियो । गोर्खा समुदायका वीर सैनिकप्रति सम्मान व्यक्त गर्दै ल्याइएको उक्त मोटरसाइकल विशेष गोर्खा ग्रीन कलर र क्रस खुकुरीको लोगोका साथ उपलब्ध छ ।

त्यस्तै, क्लासिक ३५० को सिग्नेचर ह्वाइट भेरियन्ट र सटगन ६५० एक्स रफ क्राफ्ट्स लिमिटेड एडिसन पनि बजारमा ल्याइएको थियो । भारतमा २५ युनिट मात्रै उपलब्ध गराइएको सटगन ६५० को उक्त विशेष संस्करण तीन मिनेटमै बिक्री भएको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्डले हालै सार्वजनिक गरेको हिमालयन ४४० मा तीनवटा कलर विकल्प उपलब्ध गराइएको छ । कम्पनीले आफ्नो लोकप्रिय हिमालयन सिरिजको १० वर्ष पूरा भएको अवसरमा नयाँ मोडल सार्वजनिक गरेको हो ।

नयाँ उत्पादन र बजार विस्तारसँगै रोयल इनफिल्डले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । कम्पनीले विद्युतीय मोटरसाइकल ब्रान्ड फ्लाइङ फ्लिको सी६ मोडल युरोपका पाँच प्रमुख सहरमा सार्वजनिक गरिसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...