जेटोरको पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक हुँदै, यस्तो छ विशेषता
काठमाडौं–हाइब्रिड कार उत्पादनमा ख्याती कमाएको जेटोरले आफ्नो पहिलो पूर्ण...
काठमाडौं–प्रोटोनको विद्युतीय कार ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवाड्र्स २०२६’ मा दुईवटा प्रतिष्ठित अवार्ड जितेको छ ।
ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो । यी उपलब्धिले मलेसियाको विद्युतीय सवारी बजारमा यस मोडलले उपभोक्ता र अटोमोबाइल क्षेत्रका विज्ञहरूबाट पाएको विश्वास र लोकप्रियतालाई दर्शाएको छ ।
पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र प्रतिक्रियाका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड विज्ञहरूको मूल्याङ्कनमा आधारित छ । आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि उपयुक्त सुविधाले ई.मास ५ लाई प्रतिस्पर्धी विद्युतीय कारका रूपमा स्थापित गर्न सहयोग गरेको कम्पनीको भनाइ छ ।
नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला ई.मास ५ को यो अन्तर्राष्ट्रिय उपलब्धिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाली उपभोक्ताले प्रविधिमैत्री, व्यावहारिक र किफायती विद्युतीय सवारी खोजिरहेको अवस्थामा यसले मोडलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । कम्पनीले प्रोटोन मलेसियासँगको सहकार्यमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका सवारी साधन उपलब्ध गराउने लक्ष्य राखेको छ ।
प्रोटोन ई.मास ७ को सफल परिचयपछि ई.मास ५ को आगमनलाई नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...