विश्वभर इलेक्ट्रिक गाडीको बिक्री फेरि वृद्धि, अक्टोबरमा २० लाखभन्दा बढी बिक्री
विश्व बजारमा इलेक्ट्रिक गाडीको बिक्री अक्टोबर महिनामा पुनः वृद्धि भएको छ।...
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीले ल्यान्ड रोभर डिफेन्डरको डिजाइनसँग मिल्दोजुल्दो देखिने नयाँ एसयूभी एक्सिङटान ५एक्स सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर १२ मा चीनमा सार्वजनिक गरेको यो एसयूभी इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध हुनेछ ।
यसको सुरुवाती विशेष अफर मूल्य १ लाख २६ हजार ९०० चिनियाँ युआन अर्थात् करिब १८ हजार ८९० अमेरिकी डलर तोकिएको छ । सातवटा भेरियन्टमा उपलब्ध हुने यस एसयूभीको नियमित मूल्य १ लाख २९ हजार ९०० देखि १ लाख ७४ हजार ९०० युआनसम्म छ । कम्पनीले प्रि–सेल सुरु भएको २३ दिनमै ३० हजार २०८ वटा अर्डर प्राप्त गरेको जनाएको छ ।
एक्सिङटान ५एक्सको बक्सी डिजाइन, सीधा अगाडिको भाग, समथर छत र पछाडिको स्पेयर ह्विलका कारण यसलाई चिनियाँ बजारमा ‘पिपुल्स डिफेन्डर’ र ‘पुअर्स म्यान्स डिफेन्डर’ समेत भन्न थालिएको छ । यद्यपि कम्पनीले यसलाई मुख्यतः सहरी प्रयोग र पारिवारिक यात्राका लागि तयार पारेको हो ।
यसको लम्बाइ ४ हजार ८६५ एमएम, चौडाइ २ हजार एमएम र उचाइ १ हजार ९१० एमएम छ। ह्विलबेस २ हजार ८७५ एमएम रहेको छ ।
यसको इलेक्ट्रिक भर्सनमा ८१.९ किलोवाट आवरको एलएफपी ब्याट्री र २२७ किलोवाट क्षमताको रियर माउन्टेड मोटर दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ६२५ किलोमिटर रेन्ज दिन्छ ।
८०० भोल्टको विद्युतीय प्लेटफर्ममा आधारित यसलाई डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १४.५ मिनेट लाग्ने दाबी गरिएको छ ।
यसको प्लग–इन हाइब्रिड भर्सनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ५०.४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा दुईपांग्रे र चारपांग्रे ड्राइभ विकल्प उपलब्ध छन् ।
टु ह्विल ड्राइभ भर्सनले ३१० किलोमिटर र फोर ह्विल ड्राइभले २८५ किलोमिटर इलेक्ट्रिक रेन्ज दिने कम्पनीको दाबी छ । फोर ह्विल ड्राइभमा अगाडि र पछाडि दुईवटा २०० किलोवाटका मोटर प्रयोग गरिएको छ, जसको संयुक्त क्षमता ४०० किलोवाट अर्थात् ५३६ हर्सपावर हुन्छ ।
यसका केही भेरियन्टमा हुवावेको क्यानकुन एडीएस ५ प्रो ड्राइभर असिस्टेन्स प्रणाली उपलब्ध हुनेछ । यसमा ११ वटा क्यामेरा, तीनवटा ४डी मिलिमिटर वेभ राडार, १२ वटा अल्ट्रासोनिक सेन्सर र एउटा सोलिड स्टेट लाइडारसहित २७ वटा सेन्सिङ उपकरण जडान गरिएको छ ।
एसयूभीमा १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा उच्च भेरियन्टमा दुईवटा १५.६ इन्चका स्क्रिन उपलब्ध छन् ।
डिफेन्डरजस्तै देखिने डिजाइन भए पनि बीएआईसीले एक्सिङटान ५एक्सलाई वास्तविक अफरोड एसयूभीभन्दा सहरी तथा पारिवारिक प्रयोगलाई प्राथमिकता दिएर विकास गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...