एथरको बजार हिस्सा हालसम्मकै उच्च, बिक्रीमा बन्यो नयाँ रेकर्ड
काठमाडौं–भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले महत्वपूर्ण उपलब्धि...
काठमाडौं–संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा २३ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
यूएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार मध्यरातअघि फुजैराह प्रवेश गर्ने क्षेत्रमा रहेको शेख खलिफा बिन जायद सडकमा दुर्घटना भएको हो । दुर्घटनामा १८ वटा कार र ५ वटा ट्रक संलग्न थिए ।
प्रारम्भिक जानकारीअनुसार एउटा ट्रकका चालकले सवारीसाधन नियन्त्रण गुमाउँदा अर्को गाडीसँग ठोक्किएको थियो। त्यसपछि ट्रक अनियन्त्रित भई सडकमा ट्राफिक जामका कारण रोकिएका अन्य सवारीसाधनमा ठोक्किएको थियो ।
ठक्करपछि ट्रकमा आगलागी भएको र आगो अन्य सवारीसाधनमा समेत फैलिएको थियो । जसका कारण ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३० जनामध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा यूएईका नागरिकसहित अन्य देशका नागरिक पनि रहेको बताइएको छ । मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ । घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...