तीन इलेक्ट्रिक एसयूभीसहित बेलायत प्रवेश गर्ने तयारीमा महिन्द्रा

काठमाडौं–भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्राले तीनवटा इलेक्ट्रिक एसयूभीमार्फत बेलायतको बजारमा पुनः प्रवेश गर्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो इलेक्ट्रिक एसयूभीलाई बेलायती बजारमा बिक्री गर्ने योजनाअनुसार ग्राहकको रुचि, बजारको सम्भावना र व्यावसायिक अवसरबारे अध्ययनसमेत गरिसकेको छ ।

महिन्द्राले बेलायतमा बिक्रीका लागि बीई ६, एक्सईभी ९ई र बीई ०७ गरी तीन मोडल छनोट गरेको छ । यीमध्ये बीई ६ ले कम्पनीको बेलायती बजार विस्तार योजनाको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । बीई ०७ भने आगामी वर्ष भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

महिन्द्राले सन् २०२२ मै बेलायत प्रवेश गर्ने योजनासहित त्यहाँ आफ्नो महिन्द्रा एडभान्स्ड डिजाइन युरोप स्टुडियो स्थापना गरेको थियो । सोही समयमा कम्पनीले पाँचवटा बोर्न इलेक्ट्रिक एसयूभीको अवधारणासमेत सार्वजनिक गरेको थियो ।

भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले महिन्द्राको निर्यात योजनालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । सन् २०२५ जुलाईदेखि कार्यान्वयनमा आएको उक्त सम्झौताले भारतीय सवारीसाधनको बेलायत निर्यातमा लाग्ने आयात शुल्क घटाउने व्यवस्था गरेको छ ।

महिन्द्राले यसअघि सन् २०२२ मा बेलायत प्रवेश गर्ने संकेत गर्दै १८ देखि २४ महिनाभित्र बजार विस्तार गर्ने लक्ष्य राखेको थियो । त्यसअनुसार सन् २०२७ मा बजार प्रवेश गर्ने अपेक्षा गरिएको भए पनि साइबर सुरक्षा र सफ्टवेयरसम्बन्धी नियमका कारण योजना सन् २०२८ सम्म धकेलिन सक्ने देखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...